नेभिगेशन
मुख्य समाचार

आजको मौसम :  पहाडी भूभागमा बादल लाग्ने, तराईका केही स्थानमा तातो दिन हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसैगरी  मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

Ncell
Extreme Energy

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेस प्रदेशको पनि एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।

त्यसैगरी आज राति देशको हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेका महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
को हुन् सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट ?

को हुन् सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट ?

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट लामो राजनीतिक संघर्ष र संगठनात्मक जिम्मेवारी पार गर्दै प्रदेश सरकारको नेतृत्वमा पुगेका छन्। उनी हाल नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता...
रोल्पामा पहिरोमा बेपत्ता सबैको अवस्था खुल्यो, मृत्यु हुनेको संख्या ४

रोल्पामा पहिरोमा बेपत्ता सबैको अवस्था खुल्यो, मृत्यु हुनेको संख्या ४

सुनछहरी गाउँपालिका–२ का फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । पछिल्लो पटक एक जनाको शव फेला परेसँगै पहिरोमा बेपत्ता सबैको अवस्था खुलेको हो...
बनेपामा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

बनेपामा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

बनेपा नगरपालिका–७ चारदोबाटो चोकनजिक बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएका छन् ।
वैदेशिक भ्रमणमा कर्मचारीलाई कडाइ : पूर्वस्वीकृति अनिवार्य, फर्किएपछि सिकाइ बाँड्नुपर्ने

वैदेशिक भ्रमणमा कर्मचारीलाई कडाइ : पूर्वस्वीकृति अनिवार्य, फर्किएपछि सिकाइ बाँड्नुपर्ने

सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन नयाँ मापदण्ड लागू गर्दै भ्रमणमा कडाइ गरेको छ ।