नेभिगेशन
समाज

ठगी मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह के भन्छन् ?

काठमाडौँ । मिथिला थाली चेन रेस्टुरेन्टका सञ्चालक तथा चर्चित सेफ सन्तोषकुमार साहले आफूविरुद्धको मुद्दा २ करोड २५ लाख रुपैयाँको रेस्टुरेन्ट खरिद विवाद नभई ४ लाख ५० हजार रुपैयाँको चेकसँग सम्बन्धित रहेको बताएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शकुन्तला अधिकारी थापाको जाहेरीका आधारमा उनलाई शुक्रबार जनकपुरबाट पक्राउ गरेको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार गौरीधारास्थित रेस्टुरेन्ट खरिद गर्दा सहमति अनुसारको रकम नतिरेको र केही चेक सटही नभएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

Ncell
Extreme Energy

साहले भने ‘शीला रेस्टुरेन्ट’ खरिदपछि घरबेटी र रेस्टुरेन्टबीचको पुरानो भाडा विवाद तथा बैंक ऋणको जिम्मेवारीसमेत आफूले लिएको दाबी गरेका छन्। उनले २५ लाख रुपैयाँको चेकको रकम भुक्तानी गरिसकेको र अहिलेको विवाद ४ लाख ५० हजार रुपैयाँको चेकसँग मात्र सम्बन्धित रहेको दाबी गरे ।

साहले पक्राउ प्रक्रिया र सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति आपत्ति जनाएका छन् ।

उनले करिब तीन घण्टाको छलफलको क्रममा अर्को पक्षले दुर्व्यवहार गरेको र आफूमाथि थुकेको आरोप लगाउँदै आफ्नो आक्रोश देखिएको केही सेकेन्ड मात्र काटेर भिडियो सार्वजनिक गरिएको दाबी गरे। (नेपाल फोटो लाइब्रेरी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।