नेभिगेशन
समाज

मनिषले हर्कलाई भने– ‘बालहठ नगर्नुस् माननीयज्यू'

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज साम्पाङ राईले आफ्नो प्रश्नको जवाफ मन्त्रीबाट नआएको भन्दै अवरोध गरिरहँदा रास्वपा सांसद मनिष झाले राईलाई बालहठ नगर्न सुझाव दिएका छन् ।

बैठकमा उद्योगमन्त्री गौरीकुमारी यादवले सांसदहरूको प्रश्नको जवाफ दिइरहेकी थिइन् । त्यही बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ उठे र आफ्नो स्पष्टीकरण दोहोर्‍याए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि सभामुख डीपी अर्यालले स्पष्टीकरणमाथिको स्पष्टीकरण नहुने भन्दै साम्पाङको ध्यानाकर्षण गराए । तर, सांसद राईले उठेर अवरोध जनाइरहे ।

Ncell
Extreme Energy

त्यहीबीचमा रास्वपा सांसद मनिष झाले नियमापत्ति जनाए । उनले प्रतिनिधिसभामा नियमावलीको ५४ र ५५ नम्बरमा प्रश्नोत्तरको विषय उल्लेख गरे ।

‘पटकपटक वादविवाद गर्ने, मेरो प्रश्नको जवाफ आएन भन्ने, ५४ नम्बरमा उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ । माननीय मन्त्रीज्यूले मेरो उत्तर यही हो भन्न पाउनहुुन्छ,’ झाले भने ।

सांसद झाले साम्पाङलाई पटकपटक बालहठ नगर्न अनुरोध गर्दै भने– ‘म सम्बन्धित माननीयज्यूलाई पटकपटक बालहठ नगर्न पनि आग्रह गर्छु । नियम कानुनको कुरा गर्दै हुनुहुन्थ्यो, नियम त स्पष्ट लेखिएकै छ, नियम पढ्नुस्।’

त्यसपछि सभामुख अर्यालले बैठकलाई अगाडि बढाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
ऋण असुलीबाट गोरखा, पशुपति र कान्तिपुर सहकारीका १४८ जना बचतकर्ताले  फिर्ता पाए रकम

ऋण असुलीबाट गोरखा, पशुपति र कान्तिपुर सहकारीका १४८ जना बचतकर्ताले फिर्ता पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
नवलपरासीमा किन पक्राउ परे वडाध्यक्ष ?

नवलपरासीमा किन पक्राउ परे वडाध्यक्ष ?

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हरेन्द्र यादव दाउन्नेबाट पक्राउ परेका छन्। उनीविरुद्ध प्रहरीमा किर्ते र ठगीको जाहेरी परेको थियो।