नेभिगेशन
समाज

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्य दशमलव शुन्य आठ अङ्कले उकालो लागेर दुई हजार सात सय पाँच दशमलव ५३ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव २० अङ्कले घटेर चार सय ६४ दशमलव ४३ मा सिमित भएको छ । कुल ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर रु तीन अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० मूल्यमा कारोबार भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कारोबारका आधारमा एनआरएन इन्फास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्स, बुङ्गल हाइड्रो, सेन्ट्रल फाइनान्स, आँखु खोला जलविद्युत् कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

Ncell
Extreme Energy

नेप्सेका अनुसार सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, बुङ्गल हाइड्रो, त्रिशूली जलविद्युत् कम्पनी, एबिएल डिवेञ्चरका लगानीकर्ताले कमाएका छन् । एनएमबी डिवेञ्चर, प्राइम डिवेञ्चर, एबिएस डिवेञ्चर, डोल्टी पावर कम्पनी र लक्षमी उन्नति कोषका लगानीकर्ताले भने गुमाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनमा मेरो सहभागिता छैन– पूर्णबहादुर खड्का

गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनमा मेरो सहभागिता छैन– पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनका कुनै पनि प्रक्रियामा आफू सहभागी नहुने बताएका छन्।
२२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै

२२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै

दुई दशकभन्दा लामो समयदेखि रोकिएको धुलिखेल एकीकृत जग्गा विकास आयोजना पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
अब यी रुटमा पनि चल्नेछन् रात्रिकालीन साझा बस

अब यी रुटमा पनि चल्नेछन् रात्रिकालीन साझा बस

साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्दै शनिबारदेखि थप रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। संविधान दिवसको अवसर पारेर कम्पनीले रात्रिकालीन सेवा चार...
असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, पूर्वदेखि पश्चिमसम्म सतर्क रहन मौसमविद्ले गरे आग्रह

असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, पूर्वदेखि पश्चिमसम्म सतर्क रहन मौसमविद्ले गरे आग्रह

मौसमविद् विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले पूर्वदेखि पश्चिमसम्म सतर्कता अपनाउन आग्रह गरेका छन्।