नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

राजनीतिसँगै पर्यटनको संगम बन्दै चितवन

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन यहाँ हुँदैछ । यही असार ७, ८ र ९ गते भरतपुरमा हुने रास्वपाको महाधिवेशनले राजनीतिक नेतृत्व मात्रै चयन गर्दैन, यहाँको पर्यटन र व्यापार व्यवसायको प्रवर्द्धनसमेत गर्नेछ ।

महाधिवेशनमा आउने प्रतिनिधि, पर्यवेक्षक र पाहुनाले जिल्लाका होटल भरिभराउ हुनेछन् भने रेष्टुरेन्ट र स्थानीय उत्पादनको खपत बढ्नेछ । महाधिवेशनमा देशका बाँकी ७६ जिल्ला र विदेशबाट प्रतिनिधि एवं पर्यवेक्षक तथा अतिथिहरु आउँदैछन् ।महाधिवेशनले मुख्य रुपमा यहाँको पर्यटकीय गन्तव्यलाई देशभर र विदेशमा चिनाउने सरोकारवालाहरुको विश्वास छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वी चितवनको रत्ननगरमा रहेको होटल स्टारका सञ्चालक भेषराज दुवाडी आफूले १५ राष्ट्रियस्तरका कार्यक्रम होटलमा गर्दा यसको सकारात्मक प्रभाव लामो समयसम्म पर्यटन क्षेत्रमा देखिएको बताउँछन् । महाधिवेशनमा आउने पाहुनाका कारण यहाँका होटल र रेष्टुरेन्ट त भरिन्छन् नै यसका अतिरिक्त स्थानीय उत्पादनले राम्रो बजार पाउने उनको भनाइ छ । दुवाडीले भने ‘महाधिवेशनमा आएकाहरुले पछि पारिवारिक, संघसंस्था र व्यक्ति विशेषका भ्रमण लिएर आउने सम्भावना अधिक हुन्छ ।’

Ncell
Extreme Energy

नागरिकको चहलपहल बढेसँगै यहाँका कृषिजन्य उत्पादनले राम्रो बजार पाउने उहाँको भनाइ छ । माछा, मासु, अण्डा, फलफूल, तरकारी, दुग्धजन्य पदार्थको खपत बढ्ने देखिन्छ । दुवाडीले आफ्नो होटलमा विभिन्न संघसंस्थाका राष्ट्रिय कार्यक्रमपछि सौराहालगायत क्षेत्रमा त्यसको प्रत्यक्ष प्रभाव हुने गरेको स्मरण गरे ।

यसअघि सौराहामा नेकपा (एमाले) को महाधिवेशनपछि त्यसको सकारात्मक प्रभाव लामो समयसम्म परेको व्यवसायी बताउँछन् । पर्यटन व्यवसायी डा. तिलचन्द्र भट्टराई ठूला कार्यक्रम जिल्लामा गर्न पाउनु आफैँमा सकारात्मक भएको बताउँछन् । उनले भने ‘यस्ता कार्यक्रमले जिल्लाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।’

जिल्लामा ठूला कार्यक्रम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह हुने भन्दै डा. भट्टराईले यसअघि नेकपा (एमाले) को महाधिवेशनमा आएकाहरु पछिपछि पनि पारिवारिक र संस्थागत गरी घुम्न आएको बताए ।

उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष मित्रराज दवाडी महाधिवेशनले पर्यटक बढाउने र यसले यहाँको उत्पादन खपतमा बृद्धि हुने बताउँछन् । यहाँ आउने प्रतिनिधिलाई जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यहरुका बारेमा जानकारी गराउन सकेमा थप प्रभावकारी बन्ने उनको बुझाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं पर्यटन व्यवसायी ध्रुव गिरी यो महाधिवेशन समग्र जिल्लाको अर्थतन्त्र चलायमान बनाउन सहयोगी बन्ने बताउँछन् ।  सौराहालगायत पर्यटकीय र अन्य क्षेत्रका होटल बुकिङ भइरहेको भन्दै उनले बेमौसममा पनि पर्यटक भरिन लागेको बताए । ‘असार साउनमा हामी होटल कुर्ने मात्रै काम हुन्थ्यो, यो महाधिवेशनले चलायमान भएको छ’ उनले भने ।

अहिले आएका धेरै प्रतिनिधि पुनःघुमफिरका लागि यहाँ आउने सम्भावना प्रवल भएको भन्दै उनले यसले यहाँ राजनीतिसँगै पर्यटन र व्यापार व्यवसायमा छुट्टै चहलपहल ल्याउने बताए ।

महाधिवेशनमा तीन हजार हाराहारी प्रतिनिधि सहभागी हुनेछन् । त्यसैगरी पर्यवेक्षक र शुभचिन्तक पनि ठूलो संख्यामा यहाँ आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।