नेभिगेशन
समाज
ई–पासपोर्टमा अनियमितता

अख्तियारले आरजुको नाममा गरेको म्याद तामेलीमा के छ ?

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइमा भएको अनियमिततामा बयानका लागि उपस्थित हुन तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको नाममा म्याद तामेली गरेको छ ।

अख्तियारले असार २ गते सूचना निकाले पनि असार ३ गते दिउँसो बुढानीलकण्ठस्थित देउवाको पुरानो घरको गेटमा म्याद तामेलीको सूचना टाँसेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बयान लिनुपर्ने व्यक्तिसँग सम्पर्क हुन नसकेपछि यसरी म्याद तामेलीको सूचना टाँस्ने गरिन्छ । आयोगले आरजुलाई ‘सूचना टाँस भएको मितिले बाटोको म्याद बाहेक तीन दिन भित्र उपस्थित हुन’ भनेको छ ।

Ncell
Extreme Energy

आयोगको सूचनामा भनिएको छ– ‘यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजु राणा देउवा समेत भएको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा तपाईसँग बयान लिनुपर्ने भएकोले यो सूचना बुझेको वा तपाईको घरदैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक ३ (तीन) दिनभित्र यस आयोगको महाशाखा नं १२, कोठा नं १२ टंगाल, काठमाडौंमा उपस्थित हुन आउनु होला, नआए कानून बमोजिम हुनेछ।’

deuba-notice-1781771715.jpg
 

अख्तियारले ३ दिनभित्र उपस्थित हुन भन्दै म्याद तामेली गरे पनि आरजु भने नेपालमा छैनन् । गत फागुन ३ गते नै उपचारका लागि भन्दै सिंगापुर गएका देउवा दम्पत्ति फर्केका छैनन् । 

ई–पासपोर्ट प्रकरणमा अख्तियारले यसअघि नै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ४ जनालाई पक्राउ गरिसकेको छ । पासपोर्ट छाप्ने ठेक्का लिएका दुई विदेशी कम्पनी (जर्मन कम्पनी)का प्रतिनिधिलाई पनि बयानमा उपस्थित हुन आयोगले सार्वजनिक सूचना जारी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ।
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
रेशम चौधरीलाई माफी मिनाहा सदर

रेशम चौधरीलाई माफी मिनाहा सदर

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।