नेभिगेशन
समाज

सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाका सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा नेपाल–संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्ध, संसदीय सहयोग, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकता लगायतका विविध विषयमा छलफल भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो अवसरमा सम्माननीय सभामुख अर्यालले संयुक्त अरब इमिरेट्स नेपाली श्रमिक, व्यापार तथा लगानीका दृष्टिले नेपालको महत्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै दुई देशबीचको आर्थिक तथा विकास साझेदारीलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

Ncell
Extreme Energy

उनले युएईको भिसा प्रक्रियामा नेपाली नागरिकबाट प्रहरी प्रतिवेदन अनिवार्य रूपमा मागिने व्यवस्थालाई पुनर्विचार गरी सहज बनाउन अनुरोध गरे। सभामुख अर्यालले नेपाल सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारका १०० कार्यसूचीमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, डिजिटाइज्ड तथा नागरिकमैत्री बनाउने दिशामा कार्य अघि बढाएको जानकारी दिए।

साथै, नेपाल लगानीकर्ताहरूका लागि अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गदै यूएई भिजन २०३१ सँग तालमेल हुने गरी लगानी, पूर्वाधार, पर्यटन, ऊर्जा तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्न आग्रह गरेका थिए।

उनले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई–पोखरा दैनिक सिधा उडान सञ्चालन गर्न स्वीकृति प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै यसले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। साथै, दुबई–भैरहवा–दुबई उडान पुनः सञ्चालनको सम्भावनाबारे पनि विचार गर्न आग्रह गरे।

सभामुख अर्यालले प्रतिनिधिसभाको हालैको निर्णयअनुसार संसदीय मैत्री समूह गठन गरिएको जानकारी गराउँदै यसले दुवै मुलुकका संसदबीच भ्रमण, अनुभव आदान–प्रदान तथा संसदीय अभ्यासको साझेदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए।

भेटका क्रममा महामहिम राजदूत अल शम्सीले नेपाल–यूएई सम्बन्ध मैत्रीपूर्ण, सौहार्दपूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै व्यापार, लगानी, पर्यटन, ऊर्जा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन यूएई सरकार सकारात्मक रहेको बताए।

उनले नेपालसँगको सहकार्य विस्तार तथा पारस्परिक हितका क्षेत्रमा थप अवसरहरूको खोजी गरिने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।