नेभिगेशन
समाज

आचारसंहिताभित्र रहेर महाधिवेशन निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको महाधिवेशनका क्रममा निर्वाचन आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ ।

पार्टी कार्यालय बनस्थलीमा बिहीबार बसेको रास्वपा सचिवालय बैठकले महाधिवेशन अगावै बिभिन्न पदमा दावी गर्ने र आवश्यकता भन्दा बढि प्रचारप्रसार देखिएकाले आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीका सदस्यहरुबीच कुनै मतभेद नराखि सौहार्दपूर्ण रूपमा पार्टीलाई एकढिक्का राख्नको लागि निर्वाचन आचारसंहीताभित्र रहेर प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको उनले बताए।

Ncell
Extreme Energy

महामन्त्री बुर्लाकोटीले विधुतीय भोटिङ मेशिनको प्रयोगमार्फत महाधिवेशनको निर्वाचन तालिका सम्पन्न गर्ने गरी काम सुरु गरेको जानकारी दिए। बैठकमा विधान संशोधनसम्बन्धी छलफल भइ सचिवालयले केन्द्रीय समितिमा पठाउने गरी निर्णय गरेको उनले बताए।

अहिलेसम्मको प्रस्तावमा पार्टीको केन्द्रीय समिति १५१ र प्रदेश समितिका सभापतिहरू पदेन रहने छलफल अघि बढेको समेत उनले जानकारी दिए।
त्यस्तै बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेवी तिरेको हुनुपर्ने र लेवी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

महाधिवेशनमा २५ सय देखि तीन हजारसम्म महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने अनुमान गरिएको महामन्त्री बुर्लाकोटीले बताए। त्यसबाहेक हरेक जिल्लाबाट जिल्ला समितिले एकजना पर्यवेक्षक पठाउन सक्ने र प्रदेश समितिले तीनजना प्रदेशबाट पर्यवेक्षक पठाउन सक्ने गरी निर्णय भएको उनले जानकारी दिए।

पार्टीको महाधिवेशन उद्घाटन सत्रमा शुभकामनाका लागि बिभिन्न दलका सभापति तथा अध्यक्षहरुलाई निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ ।

सचिवालय बैठकले सातै प्रदेशको अधिवेशनको समीक्षा गर्दै मधेश प्रदेश बाहेक  अन्य प्रदेशको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ भने महाधिवेशनका लागि गठन गरिएका उपसमितिहरुले असार ६ गते साँझसम्म सवै तयारी सक्ने जानकारी गराएको महामन्त्री बुर्लाकोटीले बताए।

रास्वपाको प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।  महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने रास्वपाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।