नेभिगेशन
समाज

परम्परागत गृह प्रशासनलाई ‘डिजिटल’ रुपान्तरण गर्ने बजेटको लक्ष्यः गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आगामी आवको बजेटले परम्परागत ढाँचामा चलिरहेका गृह प्रशासनलाई ‘डिजिटल’ रुपान्तरण गर्ने लक्ष्य राखिएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत गृह मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट अङ्कहरूको सूचीमात्र नभई सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिको राष्ट्रिय सङ्कल्प भएको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“नेपाली जनताको पसिनाबाट सङ्कलित यो बजेटको एक/एक रुपैयाँ नागरिकको सेवामा लगानी गर्न र राष्ट्रिय सुरक्षा बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दछु”, गृहमन्त्री गुरुङले भने। उनले सुरक्षाकर्मीको मनोबल बढाउन थप कार्यक्रम र बजेटको व्यवस्था गरिएको जानकारी दिए।

Ncell
Extreme Energy

नदीजन्य पदार्थको दोहन रोक्न मन्त्रालय प्रयासरत रहेको जानकारी दिँदै उनले विभिन्न मन्त्रालयसँग समन्वय गरिएको बताएका थिए। गृहमन्त्री गुरुङले जाजरकोट भूकम्पबाट प्रभावितका समस्या समाधान गर्न बजेट विनियोजन गरिएको जानकारी दिए।

प्रहरीको पोशाक खरिदसम्बन्धी प्रक्रियामा देखिँदै आएको गुनासो सम्बोधन गर्न मन्त्रालय लागिरहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले भने, “प्रहरीको पोशाकमा खर्चदै आइएको रकम प्रहरीलाई नै दिएर उहाँहरू आफैँले खरिद गर्ने भन्ने मन्त्रालयको योजना छ, ताकी कुनै पनि बिचौलियाले यसमा चलखेल गर्न नसकुन् ।”

गृहमन्त्री गुरुङले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यासम्बन्धी घटनाको छानबिन गर्न मन्त्रालय संवेदनशील रहेको जानकारी दिए।
लागुऔषधको कारोबार र सेवन, साइबर अपराध तथा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...
प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन् ।