नेभिगेशन
सबै कुरा

‘प्रचण्ड’लाई नै अनुसन्धान गर्नुपर्ने भएपनि नडराउनु – प्रधानमन्त्री

१४ भदौ, सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका नेताहरुमाथिको छानबिन रोक्न सीआईवीलाई दबाब नदिएको बताएका छन् । सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले जो कोहीमाथि अनुसन्धान गर्न प्रहरी स्वतन्त्र रहेको र आफूले कुनै दबाब नदिएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भनेका छन्, ‘ माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ कांग्रेस र एमालेका मान्छेहरुलाई हान्छ भनेर निकै हल्ला भयो । मैले सीआईबीलाई यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता भएपनि, बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनिसकेको छु । यो कुरा मैले गहिरोगरी सबैलाई विचार गर्न अनुरोध गर्छु ।’

Ncell
Extreme Energy

पछिल्लो समय सुन प्रकरणलगायत भ्रष्ट्राचारसम्बन्धी काण्डहरुमा माओवादी निकट नेताहरुको संलग्नता रहेको आशंका गरिएको छ । सोही कारण प्रधानमन्त्रीले उनीहरुलाई जोगाउन प्रहरीलाई चर्को दबाब दिएको अरोप प्रधानमन्त्री प्रचण्डले खेप्दै आएका छन् । उनले सुर्खेतबाट अनुसन्धान आफूलाई गर्नुपर्ने भएपनि तयार रहेको बताएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।