नेभिगेशन
सबै कुरा

‘प्रचण्ड’लाई नै अनुसन्धान गर्नुपर्ने भएपनि नडराउनु – प्रधानमन्त्री

१४ भदौ, सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका नेताहरुमाथिको छानबिन रोक्न सीआईवीलाई दबाब नदिएको बताएका छन् । सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले जो कोहीमाथि अनुसन्धान गर्न प्रहरी स्वतन्त्र रहेको र आफूले कुनै दबाब नदिएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भनेका छन्, ‘ माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ कांग्रेस र एमालेका मान्छेहरुलाई हान्छ भनेर निकै हल्ला भयो । मैले सीआईबीलाई यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता भएपनि, बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनिसकेको छु । यो कुरा मैले गहिरोगरी सबैलाई विचार गर्न अनुरोध गर्छु ।’

Extreme Energy

पछिल्लो समय सुन प्रकरणलगायत भ्रष्ट्राचारसम्बन्धी काण्डहरुमा माओवादी निकट नेताहरुको संलग्नता रहेको आशंका गरिएको छ । सोही कारण प्रधानमन्त्रीले उनीहरुलाई जोगाउन प्रहरीलाई चर्को दबाब दिएको अरोप प्रधानमन्त्री प्रचण्डले खेप्दै आएका छन् । उनले सुर्खेतबाट अनुसन्धान आफूलाई गर्नुपर्ने भएपनि तयार रहेको बताएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।