नेभिगेशन
समाज

पार्टीका एजेण्डाहरुलाई पार्टीभित्रकै केहि नेताहरुले तुहाउने काम गरेको अध्यक्ष लिङ्देनको आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेण्डाहरुलाई पार्टीभित्रकै केहि नेताहरुले तुहाउने काम गरेको आरोप लगाएका छन्।

शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन दिनहरुमा पनि राप्रपा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा दृढतापूर्वक उभिदा पार्टीभित्रकै केहि नेताहरुले त्यसलाई तुहाउने काम गरेको आरोप लगाएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आफ्नो सिद्धान्तबाट पार्टी विचलित नहुने भन्दै दुविधामा बस्न जरुरी नभएको बताए। राप्रपाको इतिहास र पुराना नेतृत्व गौरव पार्टीका लागि गौरब भएपनि विगतको नेतृत्वका छोड्नुपर्ने थुप्रै कुराहरू रहेको उनको भनाइ छ ।

Ncell
Extreme Energy

उनले संगठन सञ्चालनका लागि पुराना कुराहरुको अनुकरण गरे पार्टी फुट्ने र जोडिने श्रृखला चलिराख्ने तर्क गरेका थिए। व्यक्तिगत टक्कर र अहंमको जाँतोमा राप्रपालाई पारेका कारण नै पार्टी र मुलुकमा संकट पैदा भएको उनले बताए।

उनले आगामी मङ्सिर २६, २७ र २८ गतेका लागि महाधिवेशन प्रस्ताव गरिएको भन्दै महाधिवेशनले देशलाई नयाँ सन्देश दिने धारणा राखेका थिए।

बैठकमा राप्रपाको केन्द्रीय निर्वाचन समितिका संयोजक तोरण बहादुर गुरुङले निर्वाचन निर्देशिका, सक्रिय सदस्यता सम्बन्धि निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धि नियमावली प्रस्तुत गर्नुभएको छ भने राप्रपा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले पार्टीको सचिवालय सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...
प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन् ।