नेभिगेशन
समाज

सिन्धुली प्रहरी हिरासतमा निधन भएका श्रीकृष्ण विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैनः गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा सदस्य भुवनबहादुर सुनारले सोधको प्रश्नको जवाफ दिदै उनले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिए । नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उनले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको गृहमन्त्री गुरुङले बताए । यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उनको प्रतिबद्धता थियो । बैठकमा राष्ट्रियसभा सदस्य सुनारले जातका आधारमा विभेद भइरहेका विषयमा जिज्ञासा राखेका थिए । अन्तर जातीय विवाहकै कारण हत्या, कुटपिट भइरहेकोतर्फ उनले मन्त्री गुरुङको ध्यानाकर्षण गराए । 

Ncell
Extreme Energy

टेबल, कुर्सी नभएको हिरासतमा सात फिटमाथि पुगेर कसरी आत्महत्या गरेको हुनसक्छ भनी सांसद सुनारले जिज्ञासा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...
प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन् ।