नेभिगेशन
समाज

काठमाडौँ अदालतबाट पनि हट्यो रवि लामिछानेको संगठित अपराधको मुद्दा

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दा संशोधन भएको छ । लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएकोमा अदालतले सहकारी ठगीको अभियोग कायमै राखी संगठित अपराधको कसुर हटाएको हो ।

न्यायाधीश आत्मदेव जोशीको इजलासले ‘अभियोगपत्र संशोधन गरिपाउँ’ भन्ने निवेदन स्वीकार गरेको हो । त्यसअघि इजलासमा नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ताद्वय गोविन्दप्रसाद हुमागाईँ र सन्तोष कटुवाल र प्रतिवादी रवि लामिछानेका तर्फबाट अधिवक्ताहरु दिपेन्द्र झा र आमितेश पण्डितले बहस गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बहसपछि न्यायाधीश जोशीले अभियोग पत्र संशोधन गर्ने आदेश दिएका हुन् ।

Ncell
Extreme Energy

आदेशमा भनिएको छ– ‘संगठित रुपमा ठगी गरेको मुद्दाको अभियोगपत्रमा ठगीतर्फको अभियोग कायम राखी संगठित अपराधतर्फको अभियोग कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३६ बमोजिम यो संशोधन आदेश गरिदिएको छ । प्रस्तुत संशोधन आदेशलाई अभियोगपत्रहरुको अभिन्न अंग मानी मिसिल संलग्न राखी नियमानुसार गर्नू।’

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनलाई लिएर सरकारले रवि लामिछानेसमेत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको अभियोगमा मुद्दा दायर गरेको थियो । 
यसअघि कास्की, रुपन्देही र पर्सा जिल्ला अदालतले पनि रवि लामिछानेविरुद्ध दायर मुद्दा संशोधन गरेका थिए ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...
प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन् ।