नेभिगेशन
समाज

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उकालो लागेर दुई हजार सात सय दुई दशमलव ११ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ३१ अङ्कले उकालो लागेर चार सय ६३ दशमलव ९८ मा पुगेको छ । कारोबार भएका आधारमा कूल ११६ कम्पनीको शेयर मूल्यमा बढोत्तरी भएको छ । यस्तै, १४० कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १७ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको  छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कूल तीन सय ५३ कम्पनीको एक करोड नौ लाख २२ हजार पाँच सय २५ कित्ता शेयर रु चार अर्ब ५३ करोड ४९ लाख ८३ हजार पाँच सय ६८ मूल्यमा खरिद बिक्री भएका छन् ।

Ncell
Extreme Energy

कारोबारका आधारमा ग्लोबल आइएमई बैंकको डिवेञ्चर २०८८/८७ शीर्ष स्थानमा छ । यस्तै,ग्लोबल आइएमई बैंकको डिवेञ्चर २०८४/८५, सोपान फर्मासिटिकल्स,आँखु खोला जलविद्युत् कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, अपोलो हाइड्रोपावर, सोपान फर्मासिटिकल्स, सपोर्ट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्सर गुराँस लघुवित्तको शेयरधनीले कमाएका छन् । यस्तै, बुङ्गल हाइड्रो, आत्मनिर्भर लघुवित्त, सिटिजन बैंकको डिवेञ्चर, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम र सालपा विकास बैंकका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनमा मेरो सहभागिता छैन– पूर्णबहादुर खड्का

गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनमा मेरो सहभागिता छैन– पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनका कुनै पनि प्रक्रियामा आफू सहभागी नहुने बताएका छन्।
२२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै

२२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै

दुई दशकभन्दा लामो समयदेखि रोकिएको धुलिखेल एकीकृत जग्गा विकास आयोजना पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
अब यी रुटमा पनि चल्नेछन् रात्रिकालीन साझा बस

अब यी रुटमा पनि चल्नेछन् रात्रिकालीन साझा बस

साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्दै शनिबारदेखि थप रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। संविधान दिवसको अवसर पारेर कम्पनीले रात्रिकालीन सेवा चार...
असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, पूर्वदेखि पश्चिमसम्म सतर्क रहन मौसमविद्ले गरे आग्रह

असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, पूर्वदेखि पश्चिमसम्म सतर्क रहन मौसमविद्ले गरे आग्रह

मौसमविद् विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले पूर्वदेखि पश्चिमसम्म सतर्कता अपनाउन आग्रह गरेका छन्।