नेभिगेशन
समाज

यस कारण महत्त्वपूर्ण छ रास्वपाको चितवन महाधिवेशन

काठमाडौँ । स्थापनाको ठीक चार वर्ष पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन गर्दैछ । ७–९ असार चितवनमा हुने महाधिवेशन रास्वपा आफ्नै लागि त महत्वपूर्ण छ नै, मुलुकको समग्र राजनीतिका लागि पनि चितवन महाधिवेशनले महत्व राख्छ । रास्वपाको महाधिवेशनलाई दुई कोणबाट हेर्नुपर्छ । 

  • एउटा– पार्टीको आन्तरिक जीवन (संगठन) 
  • दोस्रो– सिंगो देशको राजनीति (शासन सञ्चालन) 

यी दुई कोणबाट रास्वपा महाधिवेशनलाई विश्लेषण गर्नुअघि रास्वपा कसरी र किन स्थापना भयो ? यो तथ्य बुझ्नु आवश्यक हुन्छ । २०७९ असार पहिलो साता । भर्खरै स्थानीय तहको चुनाव सकिएको थियो । स्थानीय तह चुनावले स्थानीय तहमा जनप्रतिनिधि मात्रै निर्वाचित गरेको थिएन, एउटा गम्भीर सन्देश पनि दिएको थियो । त्यो सन्देश हो– जनताले विकल्प खोजेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कसरी ? 

Ncell
Extreme Energy

यो बुझ्न काठमाडौं महानगर अनि धरान र धनगढी उपमहानगरको चुनावी नतिजा हेर्नुपर्छ । 

त्यतिबेला आफूलाई पुराना, ठूला र बलियो जनाधार भएको दाबी गर्ने दलहरु एक्ला एक्लै चुनाव लड्न हच्किएका थिए । सत्तामा भएका पाँच–सात दलले गठबन्धन गरेका थिए । मेयर, उपमेयरदेखि वडाध्यक्ष र वडा सदस्यसमेत भागबण्डा गरेर चुनाव लडे । सत्तामा नभएकाहरुले समेत गबठन्धन गरेका थिए र त्यसैगरी भागबण्डा गरेका थिए । मतदाताले रोजेको दल र उम्मेदवारलाई नभई नेता र पार्टीले तोकेको उम्मेदवार र चिन्हमा मतदान गर्नु परेको थियो । यसमा दलका प्रतिबद्ध कार्यकर्तासमेत खुसी थिएनन्,  परम्परागत मतदाता त खुसी हुने कुरै भएन । 

दलहरुले किन गठबन्धन गरे ? उनीहरुलाई जनताले आफूलाई विश्वास गर्छन्, मत दिन्छन् भन्ने विश्वास थिएन । त्यसैले, जसरी पनि स्थानीय सत्ता ‘कब्जा गर्नुपर्छ’ भन्ने उद्देश्यले गठबन्धन गरे । त्यति गर्दा पनि, मतदाताले जहाँ विकल्प पाए (स्वतन्त्र र लोकप्रिय उम्मेदवार थिए) त्यहाँ पार्टीलाई नभई स्वतन्त्र उम्मेदवारलाई मतदान गरे । यसले स्पष्ट पार्छ कि, मतदाताले विकल्प खोजिरहेका थिए, पुरानाबाट वाक्क दिक्क भएका थिए । 

आखिर मतदाताले विकल्प किन खोजे ? महत्वपूर्ण प्रश्न यो थियो । देशैभर कुशासन मौलाएको थियो । नेताहरु व्यक्तिगत स्वार्थमा तल्लिन थिए । नातावाद, कृपावाद, परिवारवाद मौलाएको थियो । सके एक्लै, नसके गठबन्धन गरेर भागबण्डा गर्ने प्रवृत्ति फस्टाएको थियो । राजनीतिकरण यतिसम्म बढेको थियो कि– स्थानीय उपभोक्ता समिति गठनदेखि, विद्यालय व्यवस्थापन समिति, खानेपानी, सामुदायिक वन लगायतका चुनावमा दलीय उम्मेदवार हुन्थे । सिंहदरबारमा जसरी भागबण्डा चल्थ्यो, वडादेखि टोलसम्म त्यसैगरी भागबण्डा मौलाएको थियो । जनताका समस्यामा दल र नेताको ध्यान नै थिएन । 

लामो समय मिडियामा बसेर जनताको समस्या उजागर गरेका थिए– रवि लामिछानेले । सामान्य नागरिकले लाइन लागेर, रुँदै रविलाई आफ्ना समस्या सुनाउँथे । गाउँमा न्याय नपाएकादेखि विदेशमा अलपत्र पारिएकासम्म, छुवाछुतको नाममा यातना पाएकादेखि अन्तरजातीय विवाहका कारण पीडा भोगेकासम्म, राजनीतिक आस्थाका कारण पछि पारिएकादेखि प्रशासनिक आडमा पाखा लगाइएकासम्मको कथा, व्यथा सुन्ने र सकेसम्म न्यायका लागि सहजीकरण गर्ने रविको दैनिकी थियो । एकातिर नागरिकको यो अवस्था थियो, अर्कातिर तिनै नागरिकले चुनावमार्फत विकल्प खोजेको संकेत गरेका थिए । 

रवि र रास्वपाको जीवनमा चितवनको बेग्लै महत्व छ, बेग्लै सम्बन्ध छ । रवि संकटमा पर्दा चितवनले उनलाई साथ दिइरहेको छ । चितवनका जनता रविप्रति यति ‘क्रेजी’ छन् कि रवि आउँदैछन् भन्ने थाहा पाए स्वागतका लागि हजारौंको भीड लागिहाल्छ । उनले भाषण नै गर्ने भए त चितवनका चौर र सडक पनि साँघुरा हुन्छन् । यसबीचमा भएका तीन वटा चुनाव रविले चितवन–२ बाट जिते त्यो पनि भारी मतका साथ । लाग्छ– चितवन, रवि र रास्वपा एक अर्काका पर्याय र परिपूरक हुन् ।

यही परिवेश र पृष्ठभूमिमा रविले मिडिया छाडे र आफ्नै नेतृत्वमा पार्टी घोषणा गरे– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । 

रविले पार्टी घोषणा गर्दा कतिपयले खिसिट्युरी नगरेका होइनन् । स्वतन्त्र जनमतलाई ‘क्याच’ गर्न पार्टीको नाम नै ‘स्वतन्त्र’ राखेको भनेर टिप्पणी नगरेका पनि होइनन् । तर, यी टिप्पणी र खिसिट्युरीलाई पाँच महिनापछि २०७९ मंसिरमा भएको चुनावले जवाफ दियो । पहिले खिसिट्युरी गरिएको त्यही रास्वपालाई जनताले जम्मा पाँच महिनाको अवधिमा चौथो ठूलो दल बनाइदिए, संघीय संसदमा २१ जना सांसद पठाइदिए । 

rsp-ghoshana-1781872855.jpg
त्यो चुनावपछि ठूला पार्टीमा एउटा बहस निकै चल्यो– ‘सच्चिने कि सक्किने ?’ स्थानीय चुनाव जस्तै गरी संघ र प्रदेशको चुनावमा समेत गठबन्धन गरे पनि अपेक्षाकृत मत नपाएका कांग्रेस, एमाले र माओवादीका नेताहरुले ‘अब सच्चिन्छौं’ भनेर प्रण गरे । तर, न नेता सच्चिए, न उनीहरुको कार्यशैली । सत्तामा उही लुछाँडी, उही भागबण्डा । स्वार्थ मिल्दा सबै ठीक, नमिल्दा बैरी । 

जनता आजित थिए । हैरान थिए । उकुसमुकुस थिए । तर, सत्तामा पुगेकाहरु झन् उन्मत्त थिए । जनताले सुशासन चाहेका थिए, सरकारले कानुन बनाएर विरोधीलाई जेल हाल्थ्यो । जनताले स्वतन्त्रता चाहेका थिए– सरकारले सामाजिक सञ्जालसमेत बन्द गरिदिन्थ्यो । त्यसैको परिणाम थियो– भदौ २३, २४ को जेनजी विद्रोह । नयाँ पुस्ताको विद्रोहले भागबण्डाको राजनीतिलाई भागाभाग बनाइदियो । 

rabi-balen-1781872856.jpg
२०८४ को चुनाव २०८२ मै भयो । चार वर्षअघि मतदाताले विकल्प खोजेको जुन संकेत गरेका थिए, त्यसलाई मतपत्रमा व्यक्त गरे । चार वर्षअघि स्थापना भएको रास्वपाले झण्डै दुई तिहाइ सिट जित्यो । सत्ताको बागडोर रास्वपाले पायो । टेलिभिजन स्क्रिन छाडेको चार वर्ष पनि नपुग्दै उनै रवि लामिछानेले रास्वपालाई जनताको मनदेखि सत्ताको आसनसम्म पुर्याए । रास्वपा देशकै ठूलो, जनताले आशा र भरोसा गरेको पार्टी बन्यो । 
रास्वपा छोटो समयमै यति ठूलो पार्टी बन्नुका केही कारण छन् । 

  • पहिलो कारण– पुराना दलहरुले गरेको कुशासनको राज नै हो । 
  • दोस्रो कारण हो– रास्वपाप्रति बढेको आकर्षण र विकल्पको खोजी । रास्वपाले सरकार, संसद् र सडकबाट जे बोल्यो, जे गर्न खोज्यो, त्यसमा जनताले साथ दिए, विश्वास गरे ।
  • र, तेस्रो कारण हो– काठमाडौँका मेयर बालेन शाहदेखि विभिन्न समूह र पार्टी रास्वपामा समाहित हुनु । 

यही सन्दर्भमा रास्वपाको पहिलो महाधिवेशन हुँदैछ चितवनमा ।

रवि र रास्वपाको जीवनमा चितवनको बेग्लै महत्व छ, बेग्लै सम्बन्ध छ । रवि संकटमा पर्दा चितवनले उनलाई साथ दिइरहेको छ । चितवनका जनता रविप्रति यति ‘क्रेजी’ छन् कि रवि आउँदैछन् भन्ने थाहा पाए स्वागतका लागि हजारौंको भीड लागिहाल्छ । उनले भाषण नै गर्ने भए त चितवनका चौर र सडक पनि साँघुरा हुन्छन् । यसबीचमा भएका तीन वटा चुनाव रविले चितवन–२ बाट जिते त्यो पनि भारी मतका साथ । लाग्छ– चितवन, रवि र रास्वपा एक अर्काका पर्याय र परिपूरक हुन् । रास्वपाले पहिलो महाधिवेशनका लागि चितवन नै छान्नुका पछाडि सम्भवतः यही कारण हुनुपर्छ । असारको महिना चितवनमा प्रचण्ड गर्मी छ । तर पनि त्यहीँ रास्वपाको महाधिवेशन हुँदैछ । ठाउँका हिसाबले पनि यो महाधिवेशन महत्वपूर्ण छ । 

२०८२ फागुनको चुनावले रास्वपालाई मतदातासम्म पुर्यायो । यो महाधिवेशनले रास्वपालाई हरेक गाउँ र टोलसम्म पुर्यायो । पहिलो चुनावमा संगठन विस्तारसम्म गर्न नसकेको रास्वपाले यो चार वर्षमा यति प्रगति गर्यो कि, संगठन देशैभर फैलियो, आम मतदाताका बीचमा रास्वपा पुग्यो । चुनावले पार्टीलाई स्थापित गर्छ । किनभने मतदाताले पार्टीको चुनाव चिन्हमा मतदान गर्छन् । महाधिवेशनले नेतृत्वलाई स्थापित गर्छ । किनभने आम सदस्य/प्रतिनिधिले आफ्नो नेता चुन्छन् । 

राजनीतिशास्त्रीहरुले पनि कल्पना नगरेको एउटा विषय के हो भने एक पटक पनि महाधिवेशन नगरेको पार्टी देशकै ठूलो पार्टी बन्यो । राजनीतिक दल सम्बन्धी ऐनले पनि भन्छ– हरेक राजनीतिक दलले कम्तीमा पाँच वर्षमा एक पटक महाधिवेशन गर्नैपर्छ, स्थानीयदेखि केन्द्रसम्म निर्वाचनमार्फत पदाधिकारी चयन गर्नुपर्छ । पाँच वर्ष पुग्न त अझै १ वर्ष बाँकी नै छ । रास्वपाले महाधिवेशन गर्दैछ र महाधिवेशनबाट सबै तहमा निर्वाचनमार्फत पदाधिकारी छान्दैछ । 

२०८२ फागुनको चुनावले रास्वपालाई मतदातासम्म पुर्यायो । यो महाधिवेशनले रास्वपालाई हरेक गाउँ र टोलसम्म पुर्यायो । पहिलो चुनावमा संगठन विस्तारसम्म गर्न नसकेको रास्वपाले यो चार वर्षमा यति प्रगति गर्यो कि, संगठन देशैभर फैलियो, आम मतदाताका बीचमा रास्वपा पुग्यो । चुनावले पार्टीलाई स्थापित गर्छ । किनभने मतदाताले पार्टीको चुनाव चिन्हमा मतदान गर्छन् । महाधिवेशनले नेतृत्वलाई स्थापित गर्छ । किनभने आम सदस्य/प्रतिनिधिले आफ्नो नेता चुन्छन् । रास्वपाले चुनावमार्फत वैधता पायो, मतदाताबाट अनुमोदित भयो । 

तर, रास्वपा नेतृत्व आफ्ना सदस्यमार्फत अनुमोदित हुन बाँकी छ । यो काम महाधिवेशनबाट मात्र हुने छ । हाल रास्वपाको केन्द्रीय समितिमा रहेका सभापति रवि लामिछानेसहित पदाधिकारी र सदस्यहरु पार्टीका सदस्यहरुबाट निर्वाचित÷अनुमोदित होइनन्, उनीहरु तदर्थ हुन् । रवि नेतृत्वको रास्वपालाई मतदाताले अनमोदन गरे, अब पार्टीका सदस्यले रविको नेतृत्वलाई अनुमोदन गर्नेछन् । यो महाधिवेशनको एउटा दायित्व नेतृत्वको अनुमोदन गर्नु हो । महाधिवेशनले नेतृत्व छान्ने छ, सहमतिमा होस् वा निर्वाचनबाट । नेतृत्व छान्दै गर्दा महाधिवेशनले पार्टीलाई सही अर्थमा समायोजन गर्नेछ, एकताबद्ध बनाउने छ । 

494692233_3941429682735841_352820297954606950_n-1781872969.jpg
चुनावअघि रास्वपामा विभिन्न समूह समाहित भए । बालेन नेतृत्वको समूह, विवेकशील साझा पार्टी अनि ‘कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टी’को एउटा समूह । कुलमान रास्वपामा छैनन् । तर, जतिबेला कुलमान रास्वपामा प्रवेश गरेका थिए, उनीसँगै आएका थुप्रै नेता, कार्यकर्ता रास्वपामै छन् । स्थापनादेखि रास्वपामा रहेका र रास्वपामा समाहित भएकाहरुलाई पनि यही महाधिवेशनले विधिवत रुपमा एक ठाउँमा ल्याउने छ । यस कारण पनि चितवन महाधिवेशन रास्वपाको जीवनकै लागि महत्वपूर्ण छ । यो उसको सांगठिनक विषय भयो । 

यही महाधिवेशनसँग जोडिएको अर्को महत्वपूर्ण विषय हो– रास्वपाको राजनीतिक दृष्टिकोण । रास्वपाले आफूलाई उदार, समन्यायिक र लोकतान्त्रिक पार्टी भनेको छ । राजविराज विस्तारित बैठकले पारित गरेको दस्तावेजदेखि चुनावी बाचापत्र, सरकारको सय बुँदे कार्यसूची र आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम एवम् बजेटमार्फत पनि रास्वपाले आफ्नो राजनीतिक अवधारणा बताइसकेको छ । 

चितवन महाधिवेशनले यसलाई अझ बढी छर्लंग पार्नेछ, सबैले बुझ्ने गरी भन्ने छ । र, यसलाई आफ्नो विधानमै प्रविष्ट गर्दै छ । 

चितवन महाधिवेशनबाट पारित गर्ने तयारी गरिएको आफ्नो विधान मस्यौदामा रास्वपाले ‘वैचारिक दृष्टिकोणमा पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासन, सामाजिक न्याय र उदार अर्थतन्त्र, संवैधानिक समाजवाद, समन्यायिक समावेशिता, योग्यता, सुशासन र सदाचार, सनातन सभ्यता र सांस्कृतिक सहअस्तित्वलाई जोड दिने’ पार्टी उल्लेख गरेको छ । रास्वपाको राजनीतिक र आर्थिक दृष्टिकोणप्रति प्रश्न गर्नेहरुलाई यही वाक्यले स्पष्ट जवाफ दिने छ । 

bachapatra-sarbajanik-1781872855.jpg
त्यसो भए के महाधिवेशन गर्दैमा रास्वपा नेतृत्वको दायित्व पूरा हुन्छ त ? हुँदैन । 

महाधिवेशनबाट निर्वाचित नेतृत्व सामु दुई वटा चुनौती रहन्छन् । 

  • एउटा– पार्टीलाई निश्चित विधि र प्रक्रियाअनुसार सञ्चालन गर्दै पार्टीप्रतिको आकर्षण कायमै राख्ने ।
  • अर्को– शासन प्रक्रियालाई जनमुखी, उत्तरदायी, जवाफदेही, समन्यायिक र पारदर्शी बनाउने । 

रास्वपामा अहिले आकर्षको निकै ठूलो चाप छ । आगामी स्थानीय र प्रदेश सभा चुनावलाई लिएर रास्वपामा आगामी दिनमा पनि विभिन्न समूह र पार्टी समायोजित हुनसक्छन् । पार्टीका सदस्यहरुको संख्या बढ्दै जान्छ । त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ, त्यो पनि लोकतान्त्रिक विधिअनुसार । 

यो पार्टीले सत्ता सम्हालेको तीन महिना पुग्दैछ । सरकार सुशासनका विषयमा निर्मम देखिएको छ । यसलाई आम नागरिकले रुचाएका छन् । तर, कार्यशैलीमा भने केही प्रश्न देखिएका छन् । सरकारमा बस्नेले कानुन अनुसार काम गर्छन् कि कानुन हातमा लिएर काम गर्छन् ? भन्ने प्रश्न उठ्न थालेको छ । ‘रुल अफ ल’ नभई ‘रुल बाइ ल’को अवधारणामा सरकार अगाडि बढेको हो कि भन्ने चर्चा हुन थालेको छ । सुशासनका लागि आवश्यक कानुन बनाउनुपर्छ । तर, पहिले जसरी विरोधीलाई जेल कोच्नकै लागि कानुन बनाइनु हुँदैन । यदि यसो गरियो भने त्यसको असर सिंगो रास्वपाको नीति, सिद्धान्त र नेतृत्वको आचरणमा प्रश्न उठ्ने छ र संगठनले क्रमिक रुपमा क्षयीकरणको बाटो समात्ने छ । 

प्रश्न गरेर स्थापित भएको पार्टी हो– रास्वपा । जनताको मुद्दा उठाएर स्थापित पार्टी हो– रास्वपा । जनताको प्रश्न महाधिवेशनमा पनि उठ्नुपर्छ, जनताका मुद्दा महाधिवेशनमा पनि उठाइनुपर्छ । अनि पार्टी र सरकारको नेतृत्वमा रहेकाहरुले प्रश्नहरुको जवाफ दिनुपर्छ, मुद्दाहरु सम्बोधन गर्नुपर्छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उच्चले पनि भन्यो– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्नु

उच्चले पनि भन्यो– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्नु

बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको इजलासले थुनामा पठाउन आदेश दिएको हो ।
काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

यसअघि काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा सुरु गरिएको थियो। यससँगै हालसम्म कागेश्वरी मनोहरा, शिवसताक्षी, भुम्लु र चौदण्डीगढी गरी चार स्थानीय तहबाट स्थानीय स्तरमै...
रास्वपाको ‘उद्‍गम’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

रास्वपाको ‘उद्‍गम’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

सो पार्टीका सभापति रवि लामिछाने तीनपटक चितवन जिल्लाबाट भारी मतका साथ निर्वाचित हुँदै आएका छन्। पार्टीका संस्थापक सभापति लामिछानेको चितवन गृहजिल्ला भने होइन । तर निर्वाचनका हिसाबले सभापति...
धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपाल भट्ट नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।