नेभिगेशन
समाज

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना हुँदैछ। त्यसैअन्तर्गत असोज ३ गते वडा अधिवेशन सुरु भएको हो।

Ncell
Extreme Energy

केन्द्रीय निर्वाचन कार्यक्रमअनुसार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं ६ बाहेक), सुनसरी, सप्तरी (क्षेत्र नं २ र ४ बाहेक), धनुषा, महोत्तरी, सर्लाही (क्षेत्र नं २ बाहेक), रौतहट (क्षेत्र नं १ बाहेक), बारा, पर्सालगायतका जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ।

त्यस्तै दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, नवलपुर, परासी (क्षेत्र नं २ बाहेक), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा समेत वडा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

असोज ४ गते दोस्रो दिन पनि विभिन्न जिल्लाका वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। निर्वाचन प्रक्रियामा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।

असोज ५ गते पनि अधिवेशन जारी रहने केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार केही स्थानमा वडा अधिवेशन अझै सम्पन्न हुन बाँकी रहेको छ। रसुवा, नुवाकोट र धादिङ जिल्लाका साथै सप्तरी क्षेत्र नं। २ र ४, सिरहा, मोरङ क्षेत्र नं ६, रौतहट क्षेत्र नं १, सर्लाही क्षेत्र नं २ र परासी क्षेत्र नं २ लगायतका क्षेत्रमा अधिवेशन प्रक्रिया जारी रहनेछ।

त्यसैगरी असोज ४ गते सम्पन्न हुन नसकेका अन्य वडाहरूमा पनि असोज ५ गते सोमबार वडा अधिवेशन निरन्तर सञ्चालन हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...
रास्वपाका आयोग र विभागमा को को भए मनोनीत ?

रास्वपाका आयोग र विभागमा को को भए मनोनीत ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका आयोग र विभागहरूमा पदाधिकारी तथा सदस्यहरु नियुक्त भएका छन् ।

भर्खरै