नेभिगेशन
समाज

सुरू भयो एमाले सचिवालय बैठक

काठमाडौं। नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले सचिवालय बैठक पुनर्गठन कार्यदलको प्रतिवेदनमा केन्द्रित छ।

Ncell
Extreme Energy

पुनर्गठन कार्यदलका सदस्य तीन विषयमा साझा धारणामा पुगेका थिए। एक नेताले दिएको जानकारी अनुसार आइतबार बिहान सुरू भएको कार्यदल बैठकमा बहुमत सदस्य १३ वटा समूहबाट आएका सुझाव प्रतिवेदनको अनुसूचीमा राख्न सहमत देखिएका थिए।

त्यस्तै पार्टी पुनर्गठनको प्रश्न विधान र विशेष महाधिवेशनमार्फत टुंग्याउने साझा दृष्टिकोणमा पुगेका थिए।

कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ यस धारणामा बोलेका थिएनन्।

ती नेताका अनुसार कार्यदलको बैठक सकिए पनि माइन्युट लेख्न बाँकी थियो। माइन्युट लेख्ने जिम्मा कार्यदलका संयोजक बादल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पाएका थिए।
कार्यदलमा भएका सहमतिलाई माइन्युटमा दर्ज गरेपछि सचिवालय बैठक सुरू भएको हो।

‘कार्यदलका बहुमत सदस्य तलबाट आएका सुझावलाई अनुसूचीमा समेटेर संस्थागत गर्न तयार देखिएका छन्। पार्टी पुनर्गठनको प्रश्न विधान एवम् विशेष महाधिवेशनमार्फत हल गर्न पनि सहमत छन्। माइन्युटमा के भाषा लेखियो, त्यो खुलेको छैन,’ ती नेताले भने।

एमालेमा पुनर्गठनको प्रश्न निकै पेचिलो बनेको छ। गत जेठ १० गते पुनर्गठनको प्रश्न हल गर्न कार्यदल गठन गरेर तलबाट सुझाव संकलन गरिए पनि सदस्यहरूबीच मतैक्य हुन सकेन।

प्रतिवेदन लेखनको जिम्मा पाएका संयोजक बादल र महासचिवले अलगअलग प्रतिवेदन तयार पारेपछि यो विषय झन गिजोलिन पुग्यो। अध्यक्ष केपी शर्मा ओलीले हस्तक्षेप गरेर कार्यदलभन्दा बाहिरबाट हल खोज्ने प्रयास गरेपछि पुनर्गठनको मुद्दा झनै जटिल बनेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको...
एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

एमाले कार्यदलका बहुमत नेता यी तीन विषयमा, माइन्युट लेख्न बाँकी

नेकपा एमाले पुनर्गठन कार्यदलका सदस्य तीन विषयमा साझा धारणामा पुगेका छन्। एक नेताले दिएको जानकारी अनुसार आइतबार बिहानबाट सुरू भएको कार्यदल बैठकमा बहुमत सदस्य १३ वटा समूहबाट आएका...
प्रहरी भन्छ– १,४३६ शव भेटियो, ४,६५५ को खोजी जारी

प्रहरी भन्छ– १,४३६ शव भेटियो, ४,६५५ को खोजी जारी

पत्ता भएका चार हजार ६५५ जनाको खोजी भइरहेको छ ।