नेभिगेशन
समाज

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

काठमाडौं । विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको अवस्थामा उनीहरू बिहीबार बिहान मृत फेला परेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा भारतीय–जर्मन आरोही ध्रुव ज्योति गुहा र मकालुका शेर्पा फुर्सेम्बा शेर्पा रहेका छन्। आधार शिविरका स्रोतले उनीहरू क्याम्प–३ को टेन्टभित्र मृत अवस्थामा फेला परेको पुष्टि गरेका छन्।

Marvel
Extreme Energy

‘मकालु एड्भेन्चर’का प्रबन्ध निर्देशक मोहन लम्सालका अनुसार उनीहरू गएराति आएको नयाँ हिमपहिरोमा टेन्टसहित पुरिएको पाइएको छ।

खराब मौसमका कारण क्याम्प–२ बाट अन्य आरोहीहरू आधार शिविरतर्फ फर्किरहेका बेला गुहा र फुर्सेम्बाले भने शिखर आरोहणको प्रयास गरेका थिए। उनीहरू बुधबार साँझ क्याम्प–३ तर्फ लागेका थिए।

उनीहरूसँग सम्पर्क टुटेपछि ‘मकालु एड्भेन्चर’को उद्धार टोली बिहीबार बिहान क्याम्प–३ पुगेको थियो। टोलीले करिब सात फिट हिउँले पुरिएको टेन्टभित्र दुवै जनालाई मृत अवस्थामा फेला पारेको लम्सालले बताए।

‘यसले उनीहरूको टेन्ट हिमपहिरोमा पुरिएको देखाउँछ,’ उनले भने।

मृतकहरूको शव निकालेर आधार शिविरसम्म ल्याउने प्रयास भइरहेको लम्सालले जानकारी दिएका छन्।

यस घटनासँगै यो सिजनमा मनास्लुमा मृत्यु हुने आरोही तथा सहयोगीको संख्या चार पुगेको छ। यसअघि सिंगापुरका आरोही लाउ वी सेङको क्याम्प–२ मुनि र स्थानीय भरिया टासी शेर्पाको आधार शिविरस्थित टेन्टमा मृत्यु भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।