नेभिगेशन
नेताका कुरा

रास्वपाले  सरकारलाई भन्यो– आशा मारिसकेका व्यक्तिको मृत्यु प्रमाणपत्र दिने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुऱ्याउनू

विभिन्न कारणले रोकिएका पार्टीका अभियान सञ्चालन गर्ने सचिवालयको निर्णय

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीमा परी बेपत्ता भएका तर, आशा मारिसकेका व्यक्तिहरुको मृत्यु दर्ता प्रमाणपत्र दिने कानुनी प्रक्रियालाई छिटो टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज पार्टी कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले बेपत्ता तर, आशा मारिसकेका व्यक्तिहरुको मृत्यु दर्तामा देखिएको कानुनी अड्चन हटाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

Ncell
Extreme Energy

रास्वपाले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डीएनए परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिसकेका व्यक्तिहरूको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुऱ्याई पीडित परिवारलाई राहत तथा सुविधा प्रदान गर्न बैठकले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।’

त्यस्तै बैठकले संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय मञ्चहरुमा भोटेकोशी विपदसँग जोडिएका बहुआयामिक विषयलाई उठाउन र सोही अनुसार तयारी गर्न पनि निर्देशन दिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जान लाग्नुभएका सम्माननीय प्रधानमन्त्री, परराष्ट्र मन्त्री लगायतको कार्यदललाई नेपालको भोटेकोशी विपदसँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्ने गरी तयारी गर्न नीतिगत निर्देशन दिइएको छ।’ 

आजको सचिवालय बैठकले भोटेकोशी बाढीसहित विभिन्न कारणले रोकिएका पार्टीका क्रियाकलापलाई पनि गति दिने निर्णय गरेको छ । बैठकमा पार्टीको मधेश प्रदेशको साङ्गठनिक अवस्था तथा कार्यसम्पादन अडिटका सन्दर्भमा संयोजक तथा पार्टीका सह–महामन्त्री हरि ढकालले प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए । विस्तृत प्रतिवेदन प्राप्त भएपछि  आवश्यक थप रणनीतिक कदमहरू अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।

आजकै बैठकले अधिवक्ता हरिचन्द्र भट्टराई,  अधिवक्ता सुशीला सिंखडा,  श्री रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुङ्खे र अधिवक्ता श्वेता कुमारीलाई अनुशासन विभाग सदस्यमा मनोनीत गरेको छ । त्यसैगरी  ज्ञानेन्द्र मल्ल युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखमा मनोनीत भएका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मत जंग कार्की नियुक्ति भएका छन् ।

बैठकले सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

आजको बैठकमा अर्थमन्त्रीसमेत रहेका उपसभापति डा स्वर्णिम वाग्लेले  भारत भ्रमणका क्रममा भएका भेटवार्ता र आर्थिक कूटनीतिका विषयमा सचिवालयलाई विस्तृत जानकारी गराएका थिए । 

बैठकपछि रास्वपाले जारी गरेको विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ज्यूको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौंमा सचिवालयको बैठक सम्पन्न भएको छ। उक्त बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विपद् व्यवस्थापन र पार्टीका आन्तरिक विषयहरूमा छलफल भई तपसिल बमोजिमका निर्णयहरू गरिएका छन् । 
१. भोटेकोशी विपद् व्यवस्थापन तथा राहत सम्बन्धमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि पार्टीका तर्फबाट सरकारमा सहभागी पदाधिकारी तथा सदस्यहरूले खोजी, उद्धार, राहत वितरण तथा पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरूको बहुआयामिक पक्षहरूमा पार्टीलाई जानकारी गराउनुभयो। बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डीएनए परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिसकेका व्यक्तिहरूको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुऱ्याई पीडित परिवारलाई राहत तथा सुविधा प्रदान गर्न बैठकले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
२. संयुक्त राष्ट्रसङ्घीय महासभामा नेपालको सहभागिता सम्बन्धमा
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जान लाग्नुभएका सम्माननीय प्रधानमन्त्री,परराष्ट्र मन्त्री लगायतको कार्यदललाई नेपालको भोटेकोशी विपदसँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्ने गरी तयारी गर्न नीतिगत निर्देशन दिइएको छ।
३. मधेश प्रदेश कार्यसम्पादन अडिट सम्बन्धमा
पार्टीको मधेश प्रदेशको साङ्गठनिक अवस्था तथा कार्यसम्पादन अडिटका सन्दर्भमा संयोजक तथा पार्टीका सह–महामन्त्री हरि ढकालज्यूले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। यसको विस्तृत प्रतिवेदन प्राप्त भएपश्चात् पार्टीले आवश्यक थप रणनीतिक कदमहरू अगाडि बढाउने निर्णय गरेको छ।
४. मनोनयन सम्बन्धमा
पार्टीको केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिने क्रममा निम्न व्यक्तिहरूलाई आयोगको सदस्य पदमा नियुक्त गरिएको छः 
अधिवक्ता हरिचन्द्र भट्टराई,  अधिवक्ता सुशीला सिंखडा,  श्री रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुङ्खे र अधिवक्ता श्वेता कुमारी । त्यसैगरी, ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखका रूपमा मनोनयन गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मत जंग कार्कीलाई नियुक्त गरिएको छ। साथै सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ।
५. पद तथा गोपनीयताको शपथ सम्बन्धमा
बैठकमा नवमनोनित सचिवालय सदस्य श्री विराजभक्त श्रेष्ठ र सहप्रवक्ता श्री सुरेन्द्र चौधरीले पार्टी सभापतिज्यूसमक्ष आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। 
६. पार्टीका गतिविधिहरू पुनः सुचारु गर्ने सम्बन्धमा
 भोटेकोशी विपद्का कारण राष्ट्रिय शोक र राहतमा केन्द्रित हुनुपरेकाले स्थगित गरिएका पार्टीका सम्पूर्ण
आधिकारिक गतिविधिहरू पुनः सुचारु गर्ने निर्णय भएको छ। यसअन्तर्गत ‘हामी
सुन्छौं अभियान, नागरिक नीति र नेतृत्व अभियान, स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया लगायतका साङ्गठनिक तथा जनसम्पर्कका कार्यक्रमहरू अब अविलम्ब अघि बढाइनेछन्।
७. अर्थमन्त्रीको भारत भ्रमणबारे जानकारी
बैठकमा पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूले आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता र आर्थिक कूटनीतिका विषयमा सचिवालयलाई विस्तृत जानकारी गराउनुभएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
रास्वपाका आयोग र विभागमा को को भए मनोनीत ?

रास्वपाका आयोग र विभागमा को को भए मनोनीत ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका आयोग र विभागहरूमा पदाधिकारी तथा सदस्यहरु नियुक्त भएका छन् ।
न्युयोर्क लागे परराष्ट्रमन्त्री शिशिर खनाल

न्युयोर्क लागे परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।
भोटेकोशी बाढीका कारण रोकिएका पार्टीका अभियान रास्वपाले फेरि सञ्चालन गर्ने

भोटेकोशी बाढीका कारण रोकिएका पार्टीका अभियान रास्वपाले फेरि सञ्चालन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढी र राष्ट्रिय शोकका कारण रोकिएका पार्टीका गतिविधि र अभियान पुनः सञ्चालन गर्ने भएको छ ।
मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

मनास्लुमा ७ फिट हिउँमा पुरिएर विदेशी आरोही र शेर्पा गाइडको मृत्यु

विश्वको आठौं अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी एक विदेशी आरोही र उनका शेर्पा गाइडको मृत्यु भएको पुष्टि भएको छ। क्याम्प–३ स्थित टेन्टमा करिब सात फिट बाक्लो हिउँले पुरिएको...