नेभिगेशन
समाज

रास्वपाको ‘उद्‍गम’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनलाई आफ्नो उद्गम थलोका रूपमा मान्दै आएको छ । पार्टीका केन्द्र र जिल्ला तहका नेताले चितवनलाई उद्गम थलोका रूपमा मान्दै आएका छन् ।

सो पार्टीका सभापति रवि लामिछाने तीनपटक चितवन जिल्लाबाट भारी मतका साथ निर्वाचित हुँदै आएका छन्। पार्टीका संस्थापक सभापति लामिछानेको चितवन गृहजिल्ला भने होइन । तर निर्वाचनका हिसाबले सभापति लामिछानेमात्र नभई चितवन रास्वपाकै आधार क्षेत्र बनेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रवासमा रहेर पनि नेपालमा हुने रास्वपाका हरेक गतिविधिमा प्रत्यक्ष सहभागी हुँदै आएका चितवन निवासी कृष्ण रेग्मी रास्वपाको उद्गम थलोका रूपमा चितवनलाई नै मान्ने गरेका छन्।

Ncell
Extreme Energy

रेग्मीले घटना विशेषका कारण हिरासतमा बस्दै गर्दा चितवनवासीले सभापति लामिछानेप्रति देखाएको सहानुभूति उनका लागि प्रेरणाको स्रोत बनेको बताए । आफ्नो पक्षमा सिङ्गो चितवनवासी सडकमा निस्किएको घटनालाई सभापति लामिछाने बिर्सन सकेनन्।

हिरासतमुक्त भएपछि उर्लिएको जनसागरलाई नारायणी नदी किनारमा सम्बोधन गरेको र चितवनवासीले अपार माया गरेको घटनाले पार्टी सभापति लामिछाने चितवनमा जोडिन सहयोग पुगेको रेग्मीको भनाइ छ ।

उनीमाथि लागेको अभियोगको घटनामा निर्दोष सावित भएपछि प्रतिनिधिसभाको सदस्य पदमा अत्यधिक मतसहित विजयी भएका नेता लामिछानेप्रति चितवनवासीको सहानुभूति बढको घटनाक्रमबाट प्रमाणित हुन्छ ।

चितवनवासीको यही प्रेमभावलाई सँगालेर सभापति लामिछाने जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट अत्यधिक मतका साथ लगातार तीनपटक विजयी भएका छन्। सभापति लामिछानेले विसं २०७९ मा सम्पन्न संसदीय निर्वाचनमा ४९ हजार २६१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गर्नुभएको थियो । श्रेष्ठ तत्कालीन नेकपा (माओवादी), नेकपा (समाजवादी) सहितको गठबन्धनको तर्फबाट उम्मेदवार थिए।

सभापति लामिछानेको सांसद पद निलम्बन भएर रिक्त रहेको उक्त क्षेत्रमा विसं २०८० मा सम्पन्न उपनिर्वाचनमा पनि सभापति लामिछानेले मत वृद्धि गरी विजयी भए। लामिछाने ५४ हजार २७६ मत ल्याएर विजयी हुँदै गर्दा निकटतम् प्रतिस्पर्धी कांग्रेसका युवानेता जीतनारायण श्रेष्ठले जम्मा ११ हजार २५१ मतमात्रै पाएका थिए।

त्यसैगरी, २०८२ सालमा भएको संसदीय निर्वाचनमा सभापति लामिछाने अघिल्ला दुई निर्वाचनमा भन्दा अझ बढी मत ल्याएर निर्वाचित हुन सफल भए। उनी ५४ हजार ४०२ मत ल्याएर विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीना खरेल जम्मा १४ हजार ५६४ मतमा सीमित रहन पुगे।

चितवनका जनताले सभापति लामिछानेलाई लगातार दिएको यो मतले पनि चितवनलाई रास्वपाको आधार क्षेत्रका रूपमा स्वीकार गर्नुपर्ने भनाइ जिल्लास्थित नेताहरूको छ । रास्वपा चितवनका सभापति मिनिमाधव खनाल चितवनवासीको अपार मायापछि लामिछानेले पार्टी खोलेर राजनीतिमा होमिएको बताउँछन्।

उनले भने, “सभापतिज्यूले यहाँ पाउनुभएको मत र उहाँप्रति दर्शाइएको सद्भाव र मायाले पनि पार्टीको उद्गम थलो चितवनलाई नै मान्नुपर्ने हुन्छ ।”
पार्टी स्थापनाकालदेखि नै जिल्लामा नेतृत्व गर्दै आएका निवर्तमान जिल्ला सभापति कृष्णप्रसाद भुषाल पनि लामिछानेले मिडियामा रहेर राज्यले गर्न नसकेको काम गरिरहेको अवस्थामा पार्टी स्थापना गरेर आफ्नो निर्वाचन क्षेत्र चितवन राेजेकाे बताए।

सबै हिसाबले रास्वपा चितवनमा बलियो भएको उनको भनाइ छ । पहिलो निर्वाचनमा भारी मतका साथ दुई क्षेत्र जितेको रास्वपाले अहिलेको निर्वाचनमा तीनवटै क्षेत्र जित्न सफल हुनुले पार्टीको उद्गमस्थल चितवन नै हो भन्ने तर्क उनको छ ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतम तदर्थ समिति रहेको पार्टीले निर्वाचन जितेर दुईतिहाइ नजिक पुगेको यो विरलै घटना भएको बताए।
निर्वाचन प्रचारप्रसारका क्रममा गत फागुन १५ गतेका दिन पार्टी सभापति लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहले सम्बोधन गरेको  ‘स्टेज’मा उभिएर पहिलो महाधिवेशन उद्घाटन गर्न लागिएको उनले जानकारी दिए।

नेता गौतमले भने, “पृष्ठभूमि र घटनालाई केलाउँदै जाँदा रास्वपाको उद्गमथलो चितवन नै हो ।” गएको निर्वाचनमा सभापति लामिछानेको चुनावी कमाण्डर रहेर भूमिका खेल्नुभएका गौतम सभापति लामिछानेको तीनवटा निर्वाचनमा पाएको मतको उकालो लाग्दो ‘ग्राफ’ले पनि चितवनलाई रास्वपाको आधाभूमिका रूपमा देखाएको बताएका छन्।

विसं २०७९ असार ७ गते स्थापना भएको रास्वापाको यही असार ७ गतेकै दिन चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । तीनदिने महाधिवेशनमा देशभरबाट करिब तीन हजार प्रतिनिधिसहित निर्वाचन पर्यवेक्षक, पार्टीका शुभचिन्तक र नेता तथा कार्यकताको उल्लेख्य उपस्थिति हुने रास्वपाले जनाएको छ ।

प्रतिनिधिसभामा दुईतिहाइ नजिक बहुमत सदस्य रहेको रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनलाई राजनीतिक बृत्तमा बडो महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...
प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन् ।