नेभिगेशन
समाज

रास्वपा महाधिवेशन निर्वाचन आचारसंहिताः प्यानल बनाउन बन्देज, राजकीय पदको प्रभाव पार्न नपाइने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले चार बुँदे महाधिवेशन निर्वाचन आचारसंहिता जारी गरेको छ ।

आयोगले जारी गरेको आचारसंहिता अनुसार, नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा कुनै पनि उम्मेदवारले प्यानल बनाउन पाउने छैनन् । त्यस्तै, कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी प्रचारका क्रममा राजकीय पदको प्रभाव पाउने छैनन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगका अनुसार, निर्वाचन आयोगद्वारा उम्मेदवारी विधिवत् रूपमा प्रमाणित भएपछि मात्र औपचारिक रूपमा प्रचार–प्रसार सुरु गर्न पाइनेछ। आचारसंहितामा भनिएको छ– ‘निर्वाचन पूर्णतः व्यक्तिगत प्रतिस्पर्धामा आधारित हुनेछ। निर्वाचनको क्रममा कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त सूची वा गुटगत आधारमा प्रचार–प्रसार गर्न वा गराउन पाइने छैन।’

Ncell
Extreme Energy

आयोगले प्रचार सामग्रीको पनि सीमा तोकेको छ । ‘प्रचारप्रसारका लागि तोकिएको अवधिमा अधिकतम २–२ फिट साइजको एउटा मात्र पोस्टर प्रयोग गर्न पाइनेछ। राष्ट्रिय महाधिवेशन स्थल तथा त्यसको आसपासका क्षेत्रहरूमा अन्य कुनै पनि प्रकारका प्लेकार्ड, ब्यानर, फ्लेक्स, पर्चा वा पम्प्लेट प्रदर्शन तथा वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको छ’ आचारसंहितामा उल्लेख छ ।

यस्तो छ रास्वपा महाधिवेशनको निर्वाचन आचारसंहिता 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...
प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन् ।
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ।