नेभिगेशन
समाज

सरकारका कमीकमजोरीविरुद्ध कांग्रेसले सशक्त रूपमा खबरदारी गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले सरकारका कमीकमजोरीविरुद्ध सशक्त रूपमा खबरदारी गर्ने जनाएको छ ।

शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका कमीकमजोरीविरुद्ध सशक्त रूपमा खबरदारी गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा सांसदहरूलाई राष्ट्रिय मुद्दाहरूलाई उठान गर्ने, जनजीविकाका सरोकारहरूलाई प्रभावकारी रूपमा सदनमा प्रस्तुत गर्न संसदीय दल र पार्टीबीच समन्वय गर्ने विषयमा छलफल भएको उनले बताए ।

Ncell
Extreme Energy

महामन्त्री पौडेलले प्रमुख प्रतिपक्षी दलले सदनमा निरन्तर आफ्ना विषय राख्दा पनि सरकारले नसुनेको भन्दै निरन्तर रूपमा खबरदारी गरिराख्ने समेत उल्लेख गरेका थिए।

उनले विषयगत मन्त्रालयले गरेका कामका बारेमा अध्ययन गर्न पार्टीका नेताहरूलाई जिम्मेवारी तोकिएको भन्दै सरकारले सय दिनमा १० काम समेत गर्न नसकेको धारणा राखेका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...
प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन् ।
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ।