नेभिगेशन
समाज

रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशन आजदेखि चितवनमा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन आज चितवनको भरतपुरमा सुरु हुँदैछ । अपरान्ह गेस्टहाउस चौरमा हुने समारोहमा सभापति रवि लामिछानेले महाधिवेशनको उद्घाटन गर्नेछन् ।

रास्वपाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । हिजो बसेको केन्द्रीय समितिको बैठकले विधान मस्यौदा पारित गरेको छ भने महाधिवेशन प्रतिनिधिहरुको संख्या पनि टुंगो लगाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशनमा देश र विदेशबाट गरी करिव ४ हजार २ सय प्रतिनिधि सहभागी हुने छन् ।

Ncell
Extreme Energy

तीन दिनसम्म चल्ने महाधिवेशनमा उद्घाटन सत्रपछि बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन र विधान मस्यौदा प्रतिवेदन पेश हुने छ । विधान मस्यौदा पारित भएपछि महाधिवेशन नयाँ नेतृत्व चयनमा प्रवेश गर्नेछ ।

उद्घाटन सत्रमा सभापति रवि लामिछानेसँगै प्रधानमन्त्री एवम् रास्वपा वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्नेछन् । रास्वपाले महाधिवेशनको उद्घाटन समारोहमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुलाई पनि बोलाएको छ । अन्य दलका नेताहरुले पनि शुभकामना मन्तव्य दिनेछन् ।

महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधिहरु हिजो नै भरतपुर पुगिसकेका छन् ।

महाधिवेशनका कारण भरतपुर रास्वपाको झण्डा र ब्यानरले सजिएको छ । भरतपुरका स्थानीयले समेत महाधिवेशनका सहभागीहरुलाई स्वागत गरिरहेका छन् ।

रवि लामिछानेले २०७९ असार ७ गते रास्वपाको घोषणा गरेका थिए । रास्वपा स्थापनाको पाँच महिनापछि भएको संसदीय निर्वाचनमा रास्वपाले २१ सिट जितेको थियो भने गत फागुन २१ गते भएको निर्वाचनमा झण्डै दुई तिहाई सिट जितेर रास्वपा देशकै सबैभन्दा ठूलो दल बनेको थियो ।

स्थापनाको ठीक चार वर्ष पुगेकै दिन प्रथम ऐतिहासिक महाधिवेशन गरेको रास्वपाले गत चैत १३ गतेदेखि देशको सत्ता सञ्चालनसमेत गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...
प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन् ।
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ।