नेभिगेशन
समाज
रास्वपा प्रथम महाधिवेशन

रास्वपा सभापतिको उम्मेदवार बन्न ५१ हजार, समर्थक ५१ जना चाहिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको भोलि सुरु हुने महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न ५१ हजार रुपैयाँ शुल्क लाग्ने भएको छ । त्यस्तै, एक जना प्रस्तावक र ५१ जना समर्थक चाहिने रास्वपा निर्वाचन आयोगले जनाएको छ ।

रास्वपा निर्वाचन आयोगले आज उम्मेदवारी दर्ता, शुल्क तथा आवश्यक कागजातबारे सूचना जारी गर्दै सभापति पदमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी, पदाधिकारीका लागि ४१ हजार रुपैयाँ शुल्क तोकिएको छ भने प्रस्तावक एक जना र समर्थक २१ जना तथा केन्द्रीय सदस्यको उम्मेदवार बन्न २१ हजार शूल्क, १ जना प्रस्तावक र २१ जना समर्थक चाहिने पनि सूचनामा उल्लेख छ ।

Ncell
Extreme Energy

उम्मेदवारी दर्ताका लागि विवरण भरिएको उम्मेदवारी मनोनयन पत्र फाराम, उम्मेदवारी शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर, अनुशासन कारबाहीमा नपरेको स्व–घोषणापत्र, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो २ प्रति चाहिने पनि केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन के.सी.द्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

निर्वाचन अयाोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । तालिका अुनसार आज राति साढे ८ बजे पार्टीको वेवसाइटमार्फत महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने दाबी विरोधका लागि भोलि राति साढे ८ बजेसम्मको समय तोकिएको छ। भोलि राति ११ बजे महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गरिने छ ।

८ गते दिउँसो १ बजेदेखि उम्मेदवारी मनोनयनका लागि फाराम वितरण गरी दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । ८ गते साँझ ६ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरी दाबी विरोधका लागि ७ बजेसम्मको समय छुट्याइएको छ । राति सबा ९ बजेसम्म उम्मेदवारहरुबारे जाँचबुझ र उम्मेदवारी फिर्ता लिने समय तय गरिएको छ । ८ गते राति ११ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

९ गते बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । रास्वपाले विद्युतीय मतदान हुने जनाएको छ । मतदान सकिएको २ घण्टापछि पहिलो चरणको मतगणना र मतपरिणाम सार्वजनिक हुने छ । दोस्रो चरणको उम्मेदवारी दर्ता र अन्य थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गरिने पनि आयोगको सूचनामा उल्लेख छ । 

यस्तो छ  निर्वाचन आयोगको सूचना

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...
प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन् ।
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ।