नेभिगेशन
समाज
रास्वपा प्रथम महाधिवेशन

रास्वपाको विधान पारित, सभापति रवि लामिछानेले दिए सबैलाई धन्यवाद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठकले पार्टीको विधान पारित गरेको छ । आज चितवनको भरतपुरमा बसेको बैठकले विधान पारित गरेको हो । महाधिवेशनको बन्दसत्रले अनुमोदन गरेपछि नयाँ विधान लागु हुनेछ ।

नयाँ विधान अनुसार रास्वपा केन्द्रीय समिति अब १५१ सदस्यीय हुने छ । यसमा सात प्रदेश सभापति पदेन सदस्य रहने छन् । १०० केन्द्रीय सदस्य निर्वाचित हुने छन् भने सभापतिले ५० जना मनोनीत गर्नेछन् । नयाँ विधानमा पदाधिकारीको संख्या पनि बढाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा सभापति रवि लामिछानेले परिवर्तित समयअनुसार विधान संशोधन गरिएको बताएका थिए । त्यस्तै, उनले रास्वपा स्थापनादेखि हालसम्म साथ दिएका केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यहरुलाई धन्यवाद पनि दिए ।

Ncell
Extreme Energy

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष झाले आज साँझसम्म ३,९१९ महाधिवेशन प्रतिनिधिले शुल्क तिरेर नाम दर्ता गरेको जानकारी दिए । महाधिवेशन प्रतिनिधि दर्ताका लागि प्रतिव्यक्ति ५ हजार रुपैयाँ तोकिएको छ ।

उनका अनुसार, हालसम्म रास्वपाका सक्रिय सदस्यहरुको संख्या ५ लाख नाघेको छ । महाधिवेशन प्रक्रिया अन्तर्गत मधेश प्रदेशबाहेक ६ वटा प्रदेशको अधिवेशन भएको छ ।

आजकै बैठकमा उपसभापति स्वर्णिम वाग्लेले रास्वपाको नेतृत्व, नीति र संघर्षका बारेमा चर्चा गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...
प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन् ।
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ।