नेभिगेशन
सबै कुरा

सशस्त्र र नेपाल प्रहरीका प्रमुखलाई बालेनले भने : नगर प्रहरीबाट सुशासन सिक्नुस्

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि नगर प्रहरीले जस्तै राजनीतिक दबाबबिना काम गर्ने हो सुशासन धेरै टाढा नभएको बताएका छन् । बिहिबार नगर प्रहरीको ३१ औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख शाहले नगर प्रहरीले गरेको कामको तारिफ गरे । तर नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने राजनीतिक हस्तक्षेपका कारण उदेश्य अनुरुपको सफलता प्राप्त गर्न नसकेको भन्दै कटाक्ष गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

उनले भने, ‘ जसरी हाम्रो नगर प्रहरी बल अहिले नातावाद, कृपावाद र कुनै पनि राजनीतिक हस्तक्षेपबिना काम गरिरहेको छ, सुशासनका लागि एउटा राजनीतिक दबाबबिना नै काम गरिरहेको छ त्यसैगरि शसस्त्र प्रहरी र नेपाल प्रहरीले पनि कुनै दबाबबिना काम गर्नुभयो भने हामी शुसासन ल्याउन सफल हुन्छौँ’

कार्यक्रममा प्रमुख शाहले डेढसय बढी सार्वजनिक जग्गा संरक्षण, पार्किङको व्यवस्थापन, अवैध व्यापार र संरचना निर्माण रोकथाम लगायतका काममा नगर प्रहरीले ठूलो भूमिका खेलेको बताए । उनले नगर प्रहरी प्रमुखमा बुद्धि, विवेक र हिम्मत तीनै गुण भएको भन्दै प्रशंसा समेत गरे । उनले भने, ‘एउटै व्यक्तिमा बुद्धि, विवेक र हिम्मत कमैमा मात्र हुन्छ । तर राजु पाण्डेमा यो सबै गुण छ । त्यसैले नगर प्रहरी सफल छ ।’

उनले बुद्धि विवेक लगाउनुपर्ने बेलामा बुद्धि विवेक लगाउन, संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशीता देखाउन र हिम्मतले काम गर्ने ठाउँमा नगर प्रहरी पछि नपरेको समेत बताए । उनले नगरी प्रहरीले नातावाद, कृपावाद र कुनै पनि राजनीतिक हस्तक्षेपबिना काम गरेको  समेत जिकिर गरे । 

कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको समेत उपस्थिती थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।