नेभिगेशन
सबै कुरा

सशस्त्र र नेपाल प्रहरीका प्रमुखलाई बालेनले भने : नगर प्रहरीबाट सुशासन सिक्नुस्

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि नगर प्रहरीले जस्तै राजनीतिक दबाबबिना काम गर्ने हो सुशासन धेरै टाढा नभएको बताएका छन् । बिहिबार नगर प्रहरीको ३१ औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख शाहले नगर प्रहरीले गरेको कामको तारिफ गरे । तर नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने राजनीतिक हस्तक्षेपका कारण उदेश्य अनुरुपको सफलता प्राप्त गर्न नसकेको भन्दै कटाक्ष गरे । 


उनले भने, ‘ जसरी हाम्रो नगर प्रहरी बल अहिले नातावाद, कृपावाद र कुनै पनि राजनीतिक हस्तक्षेपबिना काम गरिरहेको छ, सुशासनका लागि एउटा राजनीतिक दबाबबिना नै काम गरिरहेको छ त्यसैगरि शसस्त्र प्रहरी र नेपाल प्रहरीले पनि कुनै दबाबबिना काम गर्नुभयो भने हामी शुसासन ल्याउन सफल हुन्छौँ’

कार्यक्रममा प्रमुख शाहले डेढसय बढी सार्वजनिक जग्गा संरक्षण, पार्किङको व्यवस्थापन, अवैध व्यापार र संरचना निर्माण रोकथाम लगायतका काममा नगर प्रहरीले ठूलो भूमिका खेलेको बताए । उनले नगर प्रहरी प्रमुखमा बुद्धि, विवेक र हिम्मत तीनै गुण भएको भन्दै प्रशंसा समेत गरे । उनले भने, ‘एउटै व्यक्तिमा बुद्धि, विवेक र हिम्मत कमैमा मात्र हुन्छ । तर राजु पाण्डेमा यो सबै गुण छ । त्यसैले नगर प्रहरी सफल छ ।’

उनले बुद्धि विवेक लगाउनुपर्ने बेलामा बुद्धि विवेक लगाउन, संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशीता देखाउन र हिम्मतले काम गर्ने ठाउँमा नगर प्रहरी पछि नपरेको समेत बताए । उनले नगरी प्रहरीले नातावाद, कृपावाद र कुनै पनि राजनीतिक हस्तक्षेपबिना काम गरेको  समेत जिकिर गरे । 

कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको समेत उपस्थिती थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन माग गर्नु राजनीतिक फण्डा हो : विश्वप्रकाश शर्मा

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन माग गर्नु राजनीतिक फण्डा हो : विश्वप्रकाश शर्मा

विपक्षी दलबाट गृहमन्त्रीमाथि छानबिन अहिले किन नगर्ने भन्ने कुरा आएको छ । प्रष्टै छ, गृहमन्त्रीविरुद्ध कुनै अदालतमा उजुरी परेको अवस्था छैन । अहिलेको भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग...
एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक १ मिनेटमै सकिएको छ । लामो समयपछि शुक्रबार बसेको बैठक करिब १ मिनेट बसेर स्थगित भएको हो ।
काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताएका छन् ।