नेभिगेशन
सबै कुरा

सन्दीपको फैसलामा हाम्रो आपत्ति छ, माथिल्लो अदालतमा गएर त्यसलाई च्यालेन्ज गर्छौँ : सन्दीपका वकिल

काठमाडाैँ : बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाउने फैसलाविरुद्ध सन्दीपका वकील उच्च अदालत जाने भएका हुन् ।

जिल्ला अदालत काठमाडौँले फैसला सुनाएसँगै वकिल सरोज घिमिरेले जिल्ला अदालतको फैसलाप्रति असन्तुष्ट जनाउँदै कुनै पनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको बताए । फैसला सुनेर बाहिरिँदैगर्दा उनले आफ्नो असन्तुष्टि पोखेका हुन् ।

Global Ime Bank

‘हामी सुरुदेखि नै सन्दीप लामिछाने निर्दोष हो भन्ने मान्यता राख्छौँ र सन्दीप पनि आफू निर्दोष छु भन्ने कुरामा पूर्ण विश्वस्त छ ।’, उनले थपे,  ‘हामीलाई अदालतको स्वतन्त्र, निष्पक्षतामा अटल विश्वास छ तर त्यो हुँदाहुँदै पनि अदालतले गरेको दोषी ठहर भन्दै जुन फैसला गरेको छ, त्यसमा हाम्रो गम्भीर आपत्ति छ ।’

त्यस्तै सन्दीपको मुद्दामा जे फैसला आयो त्यसमा अदालत पूर्वाग्राही भएको उनले आरोप लगाए । ‘ अदालतको यो सजाय र फैसला पूर्वाग्रही भयो । न्यायालयले फैसला सुनाउँदा कुनै आधार र प्रमाण लिएको हुनुपर्ने हो तर यो मुद्दामा त्यो गरिएको छैन । त्यसमा हाम्रो आपत्ति र डिसेन्टिङ ओपनियन छ त्यसैले हामी माथिल्लो अदालतमा गएर त्यसलाई च्यालेन्ज गर्छौँ ।’, उनले भने ।

जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको थियो । १३ पुसमा बलात्कार मुद्दामा दोषी ठहर भएका लामिछानेलाई  सजाय भने आज तोकिएको हो । त्यस्तै न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

यस वर्ष नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् भने ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् ।
हस्ताक्षर अभियानमा सहभागी हुन चितवन जाँदै निकिता पौडेल

हस्ताक्षर अभियानमा सहभागी हुन चितवन जाँदै निकिता पौडेल

हालसम्म देश विदेशबाट १० लाख हाराहारी संख्यामा हस्ताक्षर संकलन भएको उक्त अभियानका सचिव प्रमोद न्यौपानेले जानकारी दिए । उनका अनुसार पार्टीले सार्वजनिक गरेको अनलाई प्लेटफर्महरुमा ठूलो संख्यामा हस्ताक्षर...
माधव नेपालमाथि प्रतिशोध साँधिएको नेकपा एसको निष्कर्ष, पार्टी अध्यक्ष नेपाल नै रहने

माधव नेपालमाथि प्रतिशोध साँधिएको नेकपा एसको निष्कर्ष, पार्टी अध्यक्ष नेपाल नै रहने

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीविरुद्धको षड्यन्त्रको श्रृंखलाको रुपमा अध्यक्षमाथि झूटो मुद्दा लगाएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
संसदीय सुनुवाई समितिमा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्धका उजुरीमाथि छलफल

संसदीय सुनुवाई समितिमा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्धका उजुरीमाथि छलफल

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उजुरीकर्तासंग छलफल गरेको हो । यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त...