नेभिगेशन
सबै कुरा

सन्दीपको फैसलामा हाम्रो आपत्ति छ, माथिल्लो अदालतमा गएर त्यसलाई च्यालेन्ज गर्छौँ : सन्दीपका वकिल

काठमाडाैँ : बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाउने फैसलाविरुद्ध सन्दीपका वकील उच्च अदालत जाने भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अदालत काठमाडौँले फैसला सुनाएसँगै वकिल सरोज घिमिरेले जिल्ला अदालतको फैसलाप्रति असन्तुष्ट जनाउँदै कुनै पनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको बताए । फैसला सुनेर बाहिरिँदैगर्दा उनले आफ्नो असन्तुष्टि पोखेका हुन् ।

Ncell
Extreme Energy

‘हामी सुरुदेखि नै सन्दीप लामिछाने निर्दोष हो भन्ने मान्यता राख्छौँ र सन्दीप पनि आफू निर्दोष छु भन्ने कुरामा पूर्ण विश्वस्त छ ।’, उनले थपे,  ‘हामीलाई अदालतको स्वतन्त्र, निष्पक्षतामा अटल विश्वास छ तर त्यो हुँदाहुँदै पनि अदालतले गरेको दोषी ठहर भन्दै जुन फैसला गरेको छ, त्यसमा हाम्रो गम्भीर आपत्ति छ ।’

त्यस्तै सन्दीपको मुद्दामा जे फैसला आयो त्यसमा अदालत पूर्वाग्राही भएको उनले आरोप लगाए । ‘ अदालतको यो सजाय र फैसला पूर्वाग्रही भयो । न्यायालयले फैसला सुनाउँदा कुनै आधार र प्रमाण लिएको हुनुपर्ने हो तर यो मुद्दामा त्यो गरिएको छैन । त्यसमा हाम्रो आपत्ति र डिसेन्टिङ ओपनियन छ त्यसैले हामी माथिल्लो अदालतमा गएर त्यसलाई च्यालेन्ज गर्छौँ ।’, उनले भने ।

जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको थियो । १३ पुसमा बलात्कार मुद्दामा दोषी ठहर भएका लामिछानेलाई  सजाय भने आज तोकिएको हो । त्यस्तै न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...