नेभिगेशन
समाज

रास्वपा महाधिवेशनको आज दोस्रो दिन, बन्द सत्रमा चार वटा प्रतिवेदन पेश हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ।

आइतबार उद्घाटन भएको महाधिवेशनको आज दोस्रो दिन बिहान ८ः३० बजेदेखि चितवनमा बन्द सत्र सुरु हुनेछ। पार्टीका सभापति रवि लामिछानेले संचालन गर्ने बन्द सत्रका कार्यक्रममा चारवटा प्रतिवेदन पेश हुने कार्यतालिका रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलो केन्द्रीय अनुशासन विभागबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्नेछन्। आर्थिक प्रतिवेदन बिहान ९ देखि साढे ९ बजेभित्र पेस हुनेछ। पार्टी केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीले प्रतिवेदन पेश गर्ने जनाइएको छ।

Ncell
Extreme Energy

त्यस्तै बिहान ९ः३० बजेदेखि आधा घन्टा चिया ब्रेकको कार्यक्रम रहेको छ। चिया ब्रेक लगतै महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ । सो विषयमा बिहान १०ः४५ बजेसम्म छलफल हुने जनाइएको छ ।

त्यस्तै बिहान १०ः४५ देखि ११ः४५ सम्मको समय विधानमाथि छलफल गरी पास गर्ने कार्यतालिका रहेको छ। विधानमाथि छलफल पछि बिहान ११ः४५ देखि १२ः४५ सम्मको समयको समयमा पार्टी सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने जनाइएको छ ।

सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गरेसँगै पार्टीको अन्तरिम व्यवस्थापन समिति गठन घोषणा गरी आयोजक समितिले सम्पूर्ण जिम्मेवारी पार्टीको केन्द्रीय निर्वाचन आयोगलाई दिने कार्यतालिका छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
रेशम चौधरीलाई माफी मिनाहा सदर

रेशम चौधरीलाई माफी मिनाहा सदर

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।
गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

भोटेकोशी बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।