नेभिगेशन
समाज

८ पटक मन्त्री, अहिले मुद्दा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पौडेल पक्राउ परेका हुन् ।

पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनको सम्पत्ति र उनले गरेको सेयर कारोबारका बारेमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जनाइएको छ ।

Ncell
Extreme Energy

सुर्खेतमा आयोजित कार्यक्रम स्थलबाटै पक्राउ परेका पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।

पूर्वअर्थमन्त्री पौडेललाई त्यहाँबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ । स्थलमार्गबाट ल्याउने कि हवाई मार्गबाट ल्याउने भन्ने निर्णय भइनसकेको प्रहरी स्रोतको भनाइ छ ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ पर्ने पौडेल कुनै पनि दलका पहिलो उच्च नेता हुन् ।

सरकारले तीन जना पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवामाथि पनि सम्पत्ति शुद्धीकरणमा अुनसन्धान गरिरहेको छ । त्यस्तै देउवा पत्नी आरजुमाथि पनि अनुसन्धान भइरहेको छ ।

पौडेल जेनजी आन्दोलनअघि ओली नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । ५ पटक सांसद भएका पौडेल ८ पटक मन्त्री बने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

प्रतिनिधिसभाले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन गरेको छ ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...