नेभिगेशन
समाज

गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते

काठमाडौँ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० पितौजीमा आज साँझ इभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

पोखराबाट कृष्णनगर कपिल्बस्तुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३ च १२०५ नम्बरको विद्युतीय सवारी (इभी) हाइस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनापछि सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थल पुगेर उद्धारकार्य गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालको कमाण्डमा खटिएको १५ सदस्यीय टोलीले हाइसमा सवार नौ जनामध्ये आठ जना घाइतेको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको जनाएको छ । दुर्घटनामा कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ निवासी २७ वर्षीया श्रद्धा अग्रवाल र १५ महिनाका नौसद रिसिङ अग्रवाल गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक बरालले जानकारी दिए।

Ncell
Extreme Energy

उनका अनुसार सवारी चालक कपिलवस्तुको मायादेवी गाउँपालिका–२ निवासी २४ वर्षीय विष्णु घर्ती, कृष्णनगर नगरपालिका–२ का २६ वर्षीय ऋषभ अग्रवाल, २५ वर्षीया रिद्धिसिंह सिंहनिया, २३ वर्षीया सेरी सिंह, २७ वर्षीया शिवानी अग्रवाल र ३१ वर्षीय अरविन्द अग्रवाल घाइते भएका छन् ।

घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बेल्डियाबाट प्रहरीको टोली खटिई दुर्घटनाग्रस्त सवारीसाधन नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालबालिका पनि कांग्रेसको क्रियाशील सदस्य, कानुन र पार्टी विधानविपरीत बनाइयो प्रतिनिधि

बालबालिका पनि कांग्रेसको क्रियाशील सदस्य, कानुन र पार्टी विधानविपरीत बनाइयो प्रतिनिधि

आफूलाई विधिको शासनको हिमायती दाबी गर्ने पार्टी नेपाली कांग्रेसले देशको कानुन र आफ्नै विधानविपरीत बालबालिकालाई समेत क्रियाशील सदस्यता दिएको सार्वजनिक भएको छ ।
कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले...
मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन प्रधानमन्त्रीकाे आग्रह

मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन प्रधानमन्त्रीकाे आग्रह

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । साथै, कोशी, बागमती, मधेश,...
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...