नेभिगेशन
सबै कुरा

खराब मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

काठमाडाैँ । खराब मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ । तराईका विमानस्थलमा भिजिबिलिटी कम हुँदा बिहीबार बिहान ११ बजेसम्म आन्तरिक तर्फका अधिकांश उडान प्रभावित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार जनकपुर, भैरहवा, धनगढी, नेपालगञ्ज, भरतपुर, विराटनगर विमानस्थल लागि बिहान तय भएका १४ वटा उडान प्रभावित भएका छन् ।

Ncell
Extreme Energy

पहाडी जिल्लाहरूमा समेत खराब मौसमका कारण उडान हुन सकेको छैन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार भरतपुर, सिमरा, विराटनगर, जनकपुर र पोखरा विमानस्थलमा खराबमा मौसमका कारण खुल्न सकेका छैनन् । अहिले मौसममा केहि सुधार देखिएकाले नेपालगञ्जकालागि २ वटा उडान भएका छन् ।

आन्तरिकतर्फ सबै भन्दा धेरै उडान गर्ने बुद्ध एयरका सूचना अधिकार दिपेन्द्र कर्णका अनुसार बुधबार जनकपुरका लागि एउटा मात्रै उडान भएको थियो । तराईमा बढ्दो हुस्सु र शितलहरका कारण बिहान उडान प्रभावित भैरहेको छन् । हरेक वर्ष यस्तो हुन्छ, काठमाडौँमा बिहानै विमानस्थल खुल्ने भएपनि तराईका जिल्लाहरूको मौसमका कारण दिउसो भरकै  उडानलाई प्राभावित हुने गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले विराटनगर र सिमरा विमानस्थलको भिजिबिलिटी ५ सय मिटर भन्दा कम छ । सामान्यतया आन्तरिक विमानस्थलहरूमा  ५ सय मिटर भन्दा कम भिजिबिलिटीमा उडान तथा अवतरण हुँदैनन् । मौसमविद् पुडासैनीका अनुसार आगामी तीनदिन सम्म बिहानी मौसममा सुधार देखिएको छैन । जसका कारण तराईका जिल्लाहरूमा हुने उडान थप प्रभावित हुन सक्ने छन् ।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...