नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

महामन्त्रीमा ८ र सहमहामन्त्रीमा १६ उम्मेदवार  (नामावलीसहित)

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा ८ जनाको उम्मेदवारी परेको छ । २ महामन्त्री पदमध्ये खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने एक महामन्त्री पदमा ८ जनाको उम्मेदवारी परेको हो ।

निर्वाचन आयोगले जारी गरेको पदाधिकारीको उम्मेदवारी सूची अनुसार, महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्यको उम्मेदवारी परेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि कविन्द्र बुर्लाकोटी र जगदीश खरेलले महामन्त्रीको उम्मेदवारी फिर्ता लिएका थिए । 

Ncell
Extreme Energy

त्यस्तै, ३ सहमहामन्त्री (२ खुला र १ महिला) मा १६ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ ११ र महिलातर्फ ५ जनाले उम्मेदवारी दिएका छन् ।

खुलातर्फ रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दिएका छन् ।

महिलातर्फ जुली यादव, जमुना शर्मा(विदुषी), कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ ।

एक महिला उपसभापतिमा दुई जनाको मात्रै उम्मेदवारी परेको छ । सोविता गौतम र तोसिमा कार्कीले महिला उपसभापतिमा प्रतिस्पर्धा गरेका छन् ।

खुला उपसभापतिमा भने डा. स्वर्णिम वाग्लेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् ।

Padadhikari1-1782452308.jpeg

Padadhikari-2-1782452308.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।