नेभिगेशन
समाज
पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

महामन्त्रीमा विपिनलाई प्रमोद र पराजुलीको समर्थन

चितवन । रास्वपा महामन्त्रीमा विपिन आचार्यलाई अन्य २ उम्मेदवारले समर्थन गरेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार, महामन्त्रीमा विपिनसँगै प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली र सागर ढकालले उम्मेदवारी दिएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीमध्ये प्रमोद न्यौपाने र गणेश पराजुलीले विपिनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

Ncell
Extreme Energy

त्यसअघि कविन्द्र बुर्लाकोटी, जगदीश खरेल र शिशिर खनालले पनि उम्मेदवारी लिएका थिए । उनीहरुले पनि विपिन आचार्यलाई नै आफ्नो समर्थन रहेको बताएका छन् । महामन्त्रीका अर्का उम्मेदवार राजुनाथ पाण्डेले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

अब महामन्त्रीमा ५ उम्मेदवार कायम रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार, महामन्त्रीमा विपिन आचार्य, मनिष झा, रन्जु दर्शना, गणेश कार्की र सागर ढकाल उम्मेदवार छन् ।

३ सहमहामन्त्री (२ खुला र १ महिला) मा १६ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ ११ र महिलातर्फ ५ जनाले उम्मेदवारी दिएका छन् ।

खुलातर्फ रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दिएका छन् ।

महिलातर्फ जुली यादव, जमुना शर्मा(विदुषी), कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ ।

एक महिला उपसभापतिमा दुई जनाको मात्रै उम्मेदवारी परेको छ । सोविता गौतम र तोसिमा कार्कीले महिला उपसभापतिमा प्रतिस्पर्धा गरेका छन् ।

खुला उपसभापतिमा भने डा. स्वर्णिम वाग्लेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् । 

WhatsApp-Image-2026-06-26-at-12.25.31-1782456568.jpeg

WhatsApp-Image-2026-06-26-at-12.25.31-(1)-1782456568.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

ष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
लघुवित्त पीडित र सरकारबीच निर्णायक वार्ता सुरु

लघुवित्त पीडित र सरकारबीच निर्णायक वार्ता सुरु

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत किसान–मजदुर र सरकारबीच आज निर्णायक वार्ता सुरु भएको छ ।
लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनी प्रदेशमा सरकार गठन तथा विकास निर्माणका काममा सहकार्य गर्न नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच सहमति भएको छ ।
जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार

जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार

टिल प्रसूति समस्यामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार गरिएको छ ।