नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

पदाधिकारी छान्न मतदान सुरु, उम्मेदवारहरु मत माग्दै

चितवन । रास्वपा महाधिवेशनमा पदाधिकारी छान्न मतदान सुरु भएको छ ।

एक महिला उपसभापति, एक महामन्त्री र ३ सहमहामन्त्री (एक महिलासहित) छान्न मतदान सुरु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्की प्रतिस्पर्धामा छन् । एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल उम्मेदवार छन् । पछिल्लो पटक महामन्त्रीका उम्मेदवार रन्जु दर्शनाले पनि विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी छन् ।

Ncell
Extreme Energy

३ सहमहामन्त्री (२ खुला र १ महिला) मा १६ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ ११ र महिलातर्फ ५ जनाले उम्मेदवारी दिएका छन् ।

खुलातर्फ रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दिएका छन् ।

महिलातर्फ जुली यादव, जमुना शर्मा(विदुषी), कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ । 
एक महिला उपसभापतिमा दुई जनाको मात्रै उम्मेदवारी परेको छ । सोविता गौतम र तोसिमा कार्कीले महिला उपसभापतिमा प्रतिस्पर्धा गरेका छन् ।

खुला उपसभापतिमा भने डा. स्वर्णिम वाग्लेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् ।

विद्युतीय मेसिनमार्फत मतदान भइरहेको छ । मतदान गर्न महाधिवेशन प्रतिनिधिहरु लामबद्ध छन् । उम्मेदवारहरुले मत मागिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्वतमा बाढीले पाँच घर बगायो

पर्वतमा बाढीले पाँच घर बगायो

कालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ भने त्यहाँका कैयौँ घर बाढीको जोखिममा छन् ।
बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।
नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा धेरै माथि पुगेको जनाएको छ ।
राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।