नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

मतदानको समय थपियो, ४:३० सम्म पुर्याइयो

काठमाडौँ । रास्वपा महाधिवेशनमा पदाधिकारी छान्न जारी मतदानको समय लम्ब्याइएको छ ।

यसअघि मतदानका लागि दुई बजेसम्मको समय तोकिएकोमा निर्वाचन आयोगले समय थपेर साढे ४ बजेसम्म मतदान गर्न पाइने जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक महिला उपसभापति, एक महामन्त्री र ३ सहमहामन्त्री (एक महिलासहित) छान्न मतदान भइरहेको छ ।

Ncell
Extreme Energy

महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्की प्रतिस्पर्धामा छन् । एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल उम्मेदवार छन् ।

३ सहमहामन्त्री (२ खुला र १ महिला) मा १६ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ ११ र महिलातर्फ ५ जनाले उम्मेदवारी दिएका छन् ।

खुलातर्फ रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दिएका छन् ।

महिलातर्फ जुली यादव, जमुना शर्मा(विदुषी), कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ ।

एक महिला उपसभापतिमा दुई जनाको मात्रै उम्मेदवारी परेको छ । सोविता गौतम र तोसिमा कार्कीले महिला उपसभापतिमा प्रतिस्पर्धा गरेका छन् ।

खुला उपसभापतिमा भने डा. स्वर्णिम वाग्लेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् ।

विद्युतीय मेसिनमार्फत मतदान भइरहेको छ । मतदान गर्न महाधिवेशन प्रतिनिधिहरु लामबद्ध छन् । उम्मेदवारहरुले मत मागिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले ३७ देशमा विस्तार गर्‍यो प्रवास नेपाली सम्पर्क विभाग, कहाँ को प्रमुख?

रास्वपाले ३७ देशमा विस्तार गर्‍यो प्रवास नेपाली सम्पर्क विभाग, कहाँ को प्रमुख?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी गठन भएको चार वर्षको अवधिमा ३७ देशमा आफ्नो संगठन विस्तार गरेको छ। रास्वपाले विदेशमा रहेका नेपालीलाई संगठित गर्ने उद्देश्यले शुभेच्छुक संस्था ‘प्रवास...
ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

ष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
लघुवित्त पीडित र सरकारबीच निर्णायक वार्ता सुरु

लघुवित्त पीडित र सरकारबीच निर्णायक वार्ता सुरु

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत किसान–मजदुर र सरकारबीच आज निर्णायक वार्ता सुरु भएको छ ।
लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनी प्रदेशमा सरकार गठन तथा विकास निर्माणका काममा सहकार्य गर्न नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच सहमति भएको छ ।