नेभिगेशन
समाज

रास्वपा पदाधिकारी छान्न अझै १ घण्टा मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ६ पदाधिकारी चयनका लागि जारी मतदानको समय अझै करिव एक घण्टा लम्ब्याइएको छ ।

मतदानका लागि दिउँसो साढे ४ बजेसम्मको समय तोकिएको भए पनि प्रतिनिधिहरु आउने क्रम जारी रहेकाले मतदानको समय लम्ब्याइएको हो । निर्वाचन आयोगका प्रतिनिधिहरुले अझै एक घण्टा जति मतदान जारी रहने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपामा आज एक उपसभापति(महिला), एक महामन्त्री र ३ सहमहामन्त्री( दुई खुला, एक महिला) का लागि दोस्रो चरणको मतदान भइरहेको छ ।

Marvel
Extreme Energy

महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्की प्रतिस्पर्धामा छन् । एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल उम्मेदवार छन् ।

३ सहमहामन्त्री (२ खुला र १ महिला) मा १६ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ ११ र महिलातर्फ ५ जनाले उम्मेदवारी दिएका छन् ।

खुलातर्फ रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दिएका छन् ।

महिलातर्फ जुली यादव, जमुना शर्मा(विदुषी), कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ ।

खुला उपसभापतिमा भने डा. स्वर्णिम वाग्लेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् ।

यसैबीच, रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण आजै हुने भएको छ । निर्वाचन आयोगले साँझ साढे ६ बजे नवनिर्वाचित सबै पदाधिकारी र सदस्यहरुको सपथ हुने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतीय सञ्चारमाध्यमले के लेखेका छन्?

प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतीय सञ्चारमाध्यमले के लेखेका छन्?

भ्रमणलाई नेपाल–भारत सम्बन्धको समीक्षा, आर्थिक सहकार्य विस्तार र नयाँ सरकारको कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने अवसरका रूपमा हेरिएको छ। भारतीय सञ्चारमाध्यमले पनि भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई आर्थिक तथा पूर्वाधार...
पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि प्रधानमन्त्री बालेन शाह आज भारत जाँदै

पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि प्रधानमन्त्री बालेन शाह आज भारत जाँदै

प्रधानमन्त्री बालेन शाह आफ्नो पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि आइतबार भारतको नयाँदिल्ली जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको दुईदिने भ्रमणमा व्यापार, लगानी, ऊर्जा, पारवहन, पूर्वाधार, डिजिटल...
विदेशी मुद्राको विनिमयदरमा आज परिवर्तन भएन, कुनको मूल्य कति ?

विदेशी मुद्राको विनिमयदरमा आज परिवर्तन भएन, कुनको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा हिजोको तुलनामा परिवर्तन भएको छैन ।
गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा पछिल्लो समय बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन्। सडक पहुँच विस्तार, पदमार्गमा होटल तथा लजको सुविधा...

भर्खरै