नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

पदाधिकारीको निर्वाचन सकियो, केहीबेरमा घोषणा

काठमाडौँ । रास्वपा महाधिवेशनमा पदाधिकारी छान्न गरिएको मतदान सकिएको छ । पदाधिकारीका लागि करिव १३ सय प्रतिनिधिले मतदान गरेका छन् ।

रास्वपा महाधिवेशनमा कुल ३८५९ प्रतिनिधि सहभागी भए पनि पदाधिकारीमा भने न्युन संख्यामा मात्रै मतदान भएको छ । करिव एक तिहाइ प्रतिनिधिले मतदान गरेको निर्वाचन आयोगको अनुमान छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज एक महिला उपसभापति, एक महामन्त्री र ३ सहमहामन्त्री (एक महिलासहित) गरी ५ पदाधिकारी छान्न मतदान भएको हो ।

Ncell
Extreme Energy

महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्की प्रतिस्पर्धामा छन् । एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल उम्मेदवार छन् ।

३ सहमहामन्त्री (२ खुला र १ महिला) मा १६ जना उम्मेदवार छन् । खुलातर्फ ११ र महिलातर्फ ५ जनाले उम्मेदवारी दिएका छन् ।

खुलातर्फ रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दिएका छन् ।

महिलातर्फ जुली यादव, जमुना शर्मा(विदुषी), कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ ।

खुला उपसभापतिमा भने डा. स्वर्णिम वाग्लेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् ।

अब केहीबेरमा मतपरिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

पदाधिकारीको मतपरिणाम सार्वजनिक गरे लगत्तै केन्द्रीय समितिमा निर्वाचित सभापतिसहित सबै पदाधिकारी र सदस्यहरुको आजै सपथ हुने निर्वाचन आयोगले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्वतमा बाढीले पाँच घर बगायो

पर्वतमा बाढीले पाँच घर बगायो

कालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ भने त्यहाँका कैयौँ घर बाढीको जोखिममा छन् ।
बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।
नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा धेरै माथि पुगेको जनाएको छ ।
राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।