नेभिगेशन
समाज

अब रास्वपा परिपक्‍व भएर अगाडि बढ्छः रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले अब रास्वपा थप परिपक्व भएर अगाडि बढ्ने बताएका छन् ।

आज महाधिवेशनस्थल भरतपुरमा सभापति पदको सपथ लिएपछि उनले पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजाने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानेले भने– ‘जिम्मेवार भएर पार्टीलाई अगाडि बढाउने छु । एकताबद्ध बनाएर अगाडि बढाउने छु ।’  उनले पार्टी महाधिवेशन गरेर एउटा महत्वपूर्ण चरण पार गरेको पनि उल्लेख गरे ।

Ncell
Extreme Energy

नेतृत्व चयनका क्रममा देखिएको सहमति र लोकतान्त्रिक अभ्यासले पार्टीलाई झनै बलियो बनाएको लामिछानेको भनाइ छ । उनले सहमतिमा नै पदाधिकारी चयन गरौं भनेर आफूले प्रयास गरेको स्मरण गर्दै केही पदमा भएको चुनावले पार्टीमा लोकतान्त्रिक अभ्यासको सुरुवात गरेको बताए ।

‘सहमतिबाट नै होस् भन्ने सद्भाव राखे । पदाधिकारीको आकांक्षीको संख्या धेरै देखेपछि झस्किएँ । अभिभावकीय भूमिका निर्वाह गरेँ । छलफल गरेँ । कति सफल भइयो भइएन, छुट्टै कुरा, तर, लोकतान्त्रिक अभ्यास भयो ।’ उनले भने– ‘निर्वाचनका क्रममा जुन उच्च सुझबुझका साथ साथीहरुले प्रतिस्पर्धा गर्नुभयो, अब यो हलबाट निस्केपछि हामी जसरी हिजोको सौहाद्र्रताको उचाइमा थियौं, अब झनै उच्च हुने छ ।’

सभपाति लामिछानेले महाधिवेशनमा कसैले नहारेको र सबैले जितेको बताए । ‘यहाँ कसैले हारेको छैन, सबैले जितेका छौं । अभूतपूर्व एकता देखिएको छ ।’उनको भनाइ थियो ।

सोही समारोहमा सभापति लामिछानेले आफ्नो र रास्वपाको राष्ट्रियतामा शंका नगर्न सबैलाई आग्रह गरे ।

अन्तर्राष्ट्रिय समुदायलाई संकेत गर्दै उनले भने ‘नेपाल एउटा स्वाभिमानी देश हो । हामीले हाम्रो हित अगाडि राख्छौं, त्यसैमा आधारित रहेर काम गर्छौं ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्वतमा बाढीले पाँच घर बगायो

पर्वतमा बाढीले पाँच घर बगायो

कालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ भने त्यहाँका कैयौँ घर बाढीको जोखिममा छन् ।
बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।
नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा धेरै माथि पुगेको जनाएको छ ।
राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।