नेभिगेशन
समाज

महाधिवेशनबाट यस्तो बन्यो ‘टिम रवि’

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो महाधिवेशन

काठमाडौँ । चार वर्ष स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो पटक महाधिवेशन गरेको छ र महाधिवेशनबाट नयाँ कार्यकारिणी (केन्द्रीय समिति) चुनेको छ ।

पार्टीका संस्थापक सभापति रवि लामिछाने चितवन महाधिवेशनबाट सर्वसम्मत सभापति चुनिए । विधानअनुसार आगामी ५ वर्ष रविले नै रास्वपाको कमाण्ड सम्हाल्ने छन् ।WhatsApp-Image-2026-06-26-at-20.16.12-1782484762.jpeg
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रविलाई वरिष्ठ नेताका रुपमा बालेन शाहले साथ दिने छन् । उनलाई वरिष्ठ नेता मनोनीत गर्ने सहमति महाधिवेशनअघि नै भइसकेको छ । त्यसैले बालेनले महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएनन् ।

Ncell
Extreme Energy

६ दिनसम्म चलेको महाधिवेशनमा दुई चरणमा निर्वाचन भयो ।

पहिलो चुनाव– सभापति र ९९ केन्द्रीय सदस्य चुन्न 
दोस्रो चुनाव– पदाधिकारी छान्न 

पहिलो चरणको निर्वाचनबाट रवि लामिछाने सर्वसम्मत सभापति चुनिँदा ९९ केन्द्रीय सदस्य मतदानबाट चुनिए । उपसभापति, महामन्त्री, सहमहामन्त्री पदका लागि उम्मेदवार बन्न पनि केन्द्रीय सदस्य निर्वाचित हुनै पर्ने व्यवस्थाले केन्द्रीय सदस्यको चुनाव रोचक बनेको थियो । ९९ केन्द्रीय सदस्य पदका लागि ३८४ जना उम्मेदवारबीच प्रतिस्पर्धा भयो । केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएपछि आज बल्ल पदाधिकारीका लागि निर्वाचन भयो ।

खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध भए । उपसभापतिमै दाबी गरेका विराजभक्त श्रेष्ठ नै वाग्लेका प्रस्तावक बने ।swarnim-wagle_sidhakura-1782036845.png
 

महिला उपसभापतिमा दुई नेता सोविता गौतम र तोसिमा कार्की प्रतिस्पर्धामा उत्रिए । यी दुवै रास्वपा स्थापनादेखि नै सक्रिय नेता हुन् । तर, निर्वाचनमा सोविता उपसभापतिमा निर्वाचित भइन् ।

विधानमा तीन जना उपसभापति रहने व्यवस्था छ । अब एक जना सभापति रवि लामिछानेले मनोनीत गर्नेचन् ।

निकै प्रतिष्ठा र प्रतिस्पर्धा भएको अर्को पद हो– महामन्त्री, जसमा विपिन आचार्यले बाजी मारे ।Bipinkumar_sidhakura-1768801371.png
 

सुरुमा ८ जना उम्मेदवार थिए । प्रमोद न्यौपाने, शिशिर खनाल, रन्जु दर्शना र कविन्द्र बुर्लाकोटीले विपिनलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिए । अन्तिममा विपिनसँगै सागर ढकाल, गणेश कार्की र मनिष झा प्रतिस्पर्धामा उत्रिए । विपिन निर्वाचित भए ।

रास्वपा विधानअनुसार दुई महामन्त्री हुने छन् । अब एक महामन्त्री सभापतिले मनोनीत गर्नेछन् ।

पाँच सहमहामन्त्रीमध्ये निर्वाचनबाट ३ जना छानिएका छन् । खुला पुरुषतर्फ हरि ढकाल र असिम शाह चुनिँदा महिलातर्फ निशा डाँगी सहमन्त्री बनेकी छन् । अब २ जना सभापतिले मनोनीत गर्नेछन् ।

ashim-shah-and-haridhakal-1782480193.png
 

त्यस्तै, सभापति रवि लामिछानेले केन्द्रीय सदस्यमा ५१ जनालाई मनोनीत गर्नेछन् । एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष तथा एक प्रवक्ता र तीन सहप्रवक्ता पनि सभापति रवि लामिछानेले मनोनीत गरेपछि पदाधिकारी र केन्द्रीय समितिले पूर्णता पाउने छ । ७ प्रदेश सभापति पदेन केन्द्रीय सदस्य बन्ने छन् ।nisha-dangi-1747116357.jpg
 

पहिलो महाधिवेशनले संस्थापक सभापति रवि लामिछानेकै नेतृत्वमा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । केन्द्रीय समितिमा ‘पुरानो रास्वपा समूह’ मात्रै नभई विभिन्न समयमा समायोजन र समाहित भएका समूहको प्रतिनिधित्व भएको छ । एक हिसाबले भन्ने हो भने रास्वपा एकताबद्ध भएको छ ।

योसँगै महाधिवेशनले दुई महत्वपूर्ण प्रतिवेदन पारित गरेको छ । सभापति लामिछानेको राजनीतिक प्रतिवेदन र उपसभापति डा. स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रतिवेदन । यी दुवै प्रतिवेदनले रास्वपाको नीति, विचार र सिद्धान्त बोकेका छन् ।

महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरु 
सभापति– रवि लामिछाने 
वरिष्ठ नेता– बालेन शाह (घोषणा हुन बाँकी( 
उपसभापति– स्वर्णिम वाग्ले र सोविता गौतम
महामन्त्री– विपिन अधिकारी 
सहमहामन्त्रीहरु– हरि ढकाल, असिम शाह र निशा डाँगी 
केन्द्रीय सदस्यहरु
खुल्लातर्फ 

१ शिशिर खनाल 
२ सागर ढकाल 
३ डा तोसिमा कार्की 
४ रञ्जु दर्शना 
५ मनिष झा 
६ कविन्द्र बुर्लाकोटी
७ रमेश प्रसाईं 
८ विराज भक्त श्रेष्ठ
९ इन्दिरा रानामगर
१० गणेश पराजुली 
११ पुकार बम 
१२ जगदीश खरेल (ललितपुर)
१३ सुलभ खरेल 
१४ यज्ञमणि न्यौपाने
१५ प्रमोद न्यौपाने 
१६ सस्मित पोखरेल 
१७ रीमा विश्वकर्मा 
१८ राजुनाथ पाण्डे 
१९ राजीव खत्री 
२० समिक्षा बास्कोटा
२१ गणेश कार्की 
२२ खगेन्द्र सुनार 
२३ हिमेश पन्त 
२४ जगदीश खरेल (दोलखा)
२५ गीता चौधरी 
२६ लिमा अधिकारी आचार्य

खस रआर्य समूह
१ सुशान्त वैदिक
२ सुदीप ढकाल 
३ हेमराज भट्ट 
४ प्रदीप विष्ट 
५ डिल्लिश्वर कार्की (रोहन)
६ प्रकृति ढकाल 
७ टिका सङ्ग्रौला (ज्वाला)
८ क्रान्तिशिखा धिताल
९  जमुना शर्मा 
१० सुशीला कार्की पोखरेल
आदिवासी र जनजाति तर्फ
१  मिलन लिम्बु 
२  शंंकर श्रेष्ठ 
३  मिङ्मा डण्डु शेर्पा
४  महेश लामा 
५  कृष्णमान श्रेष्ठ
६  आशिका तामाङ
७  अनुष्का श्रेष्ठ 
८  निशा श्रेष्ठ 
९  कुशुम महर्जन 

थारु समूह
१  करिश्मा कठरिया
२  अशोक कुमार चौधरी

मधेसी समूह
१  बब्लु गुप्ता 
२  अरविन्द साह
३  दीपककुमार साह
४  जुली यादव 
५  कामिनी कुमारी चौधरी

दलित समूह
१  विजय जैरु 
२  शिव नेपाली 
३  सविना विक
४  खिमा विक 

मुस्लिम समूह
१  समिना मिया 
२  रहबर अन्सारी

प्रादेशिक – कोशी
१ निशा मेहता 
२ विश्वराज पोखरेल
३ शोभा कार्की 
४ कल्पना थापा 
५ सुजाता तामाङ 

प्रादेशिक – मधेस
१ सुस्मा बस्नेत 
२ सुनिता कुमारी चौधरी
३ नमिता यादव 
४ मञ्जु सिंह 
५ अंकित कुमार यादव

प्रादेशिक – बागमती
१ प्रभा ढकाल 
२ विदुशी राणा 
३ आकांक्षा पोखरेल
४ अनिता श्रेष्ठ 
५ पार्वती थापा 

प्रादेशिक – गण्डकी
१ पवित्रा थापा 
२ मनिष खनाल 
३ सागर भुसाल 
४ सोम शर्मा 
५ विष्णुकुमारी गुरुङ (एकता)

प्रादेशिक – लुम्बिनी
१ कल्पना पाण्डे 
२ संगिता ढकाल 
३ ज्ञानु पौड्याल 
४ देवराज पाठक 
५ सर्मिला खनाल 

प्रादेशिक – कर्णाली
१ सिता बादी 
२ विनिता कठायत 
३ टासी ल्हाङ्गजोम
४ मेनुका शाही 
५ प्रकाश न्यौपाने 

प्रादेशिक – सुदूरपश्चिम
१ हेमराज थापा 
२ के पी खनाल 
३ दीपकराज बोहरा
४ जानीका जोशी 
५ चन्द्रा ऐर चाँदनी
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । एक बालिका अझै बेपत्ता छन् ।
संसदमा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसदमा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् ।
बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।