नेभिगेशन
समाज

इन्डोनेसियामा सरकार विरोधि प्रदर्शन जारी, दर्जनौँ पक्राउ

इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायामा राष्ट्रपति प्रबोवो सुबिआन्तोको नीतिहरूको बिरूद्ध र्याली तथा प्रदर्शनका क्रममा  प्रहरीले दर्जनौं प्रदर्शनकारीहरूलाई पक्राउ गरेको एक अधिकार समूहले शनिबार जनाएको छ ।

यस अघि इन्धनको मूल्यवृद्धि र प्रबोवोको प्रमुख निःशुल्क भोजन योजनाको विरोध गर्न शुक्रबार सुराबायाको सरकारी भवन नजिकै करिब १०० जना भेला भएको एएफपीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केही प्रदर्शनकारीहरूले प्रहरीलाई ढुङ्गा हान्नुका साथै सरकारी संचनामा आगलागी गर्न  थाले पछि उनीहरूलाई प्रहरी अधिकारीहरूले पक्राउ गरेको जनाइएको छ । अधिकार समूह कन्ट्रास सुराबायाका संयोजक फतकुल खोइरलाई उदृत गर्दै २४ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको एफपीले जनाएको छ ।

Ncell
Extreme Energy

सुराबाया प्रहरी प्रमुख लुथफी सुलिस्टियावानले अधिकारीहरूले प्रदर्शनकारीहरूलाई पछाडि धकेल्न बल प्रयोग गर्दा पनि नियन्त्रण नभए पछि पक्राउ गरिएको जनाए ।

मध्यपूर्व युद्धले विश्वव्यापी तेल आपूर्तिमा समस्या पारेको कारण दबाब कम गर्न खोज्दै प्रबोवोको प्रशासनले पेट्रोलको मूल्य करिब ३० प्रतिशतले बढाएकाले यस महिना इन्डोनेसियाका धेरै सहरहरूमा विरोध प्रदर्शन भएको जनाइएको छ ।

इन्धनको मूल्यवृद्धि र अर्बौं डलरको निःशुल्क भोजन योजना रोक्न माग गर्दै राजधानी जकार्तामा हजारौं विद्यार्थीहरू सडकमा उत्रिएको जनाइएको छ ।
यो पहल प्रबोवोको राजनीतिक एजेन्डाको आधारशिला भएता पनि उपयोगी नभएको र सामूहिक खाद्य विषाक्ततासँग जोडिएको भन्दै व्यापक आलोचना प्राप्त भए पछि यसलाई आंशिक रूपमा स्थगित गरिएको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । एक बालिका अझै बेपत्ता छन् ।
संसदमा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसदमा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् ।
बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।