नेभिगेशन
सबै कुरा

वीरगंज महानगरले सानो पाइला सहकारीमा लगायो ताला

वीरगंज महानगरपालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा शिलबन्दी गरेको छ । बचतकर्ताको करोडौं रुपैयाँ फिर्ता नगरेको भन्दै कारवाही शिलबन्दी गरेको महानगरले जनाएको छ । २०७९ पुसमा बचतकर्ताको गुनासोको अधारमा अनुगमन गरेर महानगर अन्तर्गतको सहकारी शाखाले २०८० असार मै विस्तृत प्रतिवेदन बनाएर सिआईबिको जिम्मा लगाएको थियो । 

बचतकर्ताको रकम सुरक्षित गर्न महानगरले विस्तृत अनुसन्धान गर्न सिआईबीको जिम्मा लगाए पनि अहिले सिआईबीलाई टेकेर महानगर आफैले कारबाहीको प्रकृया अगाडी बढाएको हो । महानगरको सहकारी शाखाको नेतृत्वमा शाखा प्रमुख सुनिल कुमार कर्ण, वडा न ६ का वडा अध्यक्ष जय प्रकाश शाह अग्रवाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव, वडा प्रहरी कार्यालय बृतको रोहवरमा सानो पाइला सहकारीमा शिलबन्दी गरिएको महानगरले जनाएको छ । 

Global Ime Bank



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

यस वर्ष नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् भने ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् ।
हस्ताक्षर अभियानमा सहभागी हुन चितवन जाँदै निकिता पौडेल

हस्ताक्षर अभियानमा सहभागी हुन चितवन जाँदै निकिता पौडेल

हालसम्म देश विदेशबाट १० लाख हाराहारी संख्यामा हस्ताक्षर संकलन भएको उक्त अभियानका सचिव प्रमोद न्यौपानेले जानकारी दिए । उनका अनुसार पार्टीले सार्वजनिक गरेको अनलाई प्लेटफर्महरुमा ठूलो संख्यामा हस्ताक्षर...
माधव नेपालमाथि प्रतिशोध साँधिएको नेकपा एसको निष्कर्ष, पार्टी अध्यक्ष नेपाल नै रहने

माधव नेपालमाथि प्रतिशोध साँधिएको नेकपा एसको निष्कर्ष, पार्टी अध्यक्ष नेपाल नै रहने

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीविरुद्धको षड्यन्त्रको श्रृंखलाको रुपमा अध्यक्षमाथि झूटो मुद्दा लगाएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
संसदीय सुनुवाई समितिमा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्धका उजुरीमाथि छलफल

संसदीय सुनुवाई समितिमा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्धका उजुरीमाथि छलफल

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उजुरीकर्तासंग छलफल गरेको हो । यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त...