नेभिगेशन
नेताका कुरा

विष्णु पौडेललाई तुरुन्त रिहाइ गर्न एमालेको माग

काठमाडौँ । नेकपा एमालेले सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका उपाध्यक्ष विष्णु पौडेललाई तुरुन्त रिहाइ गर्न माग गरेको छ । 

प्रतिनिधि सभाको आइतबार बसेको एमाले सांसद पुष्पराज कँडेलले पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भन्दै तुरुन्त रिहाइको माग गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पौडेल असार ९ गते सम्पत्ति शुद्धिकरण मुद्दामा सुर्खेतबाट पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्न अदालतले अनुमति दिएपछि अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेका बेला एमालेले प्रतिशोध भन्दै रिहा गर्न माग गरेको छ ।  

Ncell
Extreme Energy

'उहाँको गिरफ्तारी गत चैतमा केपी शर्मा ओलीमाथिको प्रतिशोधी गिरफ्तारीको अर्को रुप हो । सरकारले सम्पत्ति शुद्धिकरण वित्तीय कारवाही कार्यदललाई उच्च ओहदाका मान्छेलाई समातेका छौं भन्ने देखाएर आफ्नालाई उन्मुक्ति दिएको छ । यो गिरफ्तारी सम्पूर्ण विपक्षीलाई तर्साउन र एमालेलाई बदनाम गर्ने उद्देश्यले प्रेरित छ । विष्णु पौडेल बेकसुर हुनुहुन्छ र उहाँमाथि प्रतिशोध साधिएको छ,' कँडेलले भने । 

उनले पार्टीका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेललाई तत्काल रिहाइ गर्न माग पनि गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।