नेभिगेशन
सबै कुरा

बजार अनुगमन कडा बनाउँदै महानगर, नियमित अनुगमन गर्न उपप्रमुखको निर्देशन

१४ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले दूध र पानीको स्वच्छता कायम हुने गरी तत्काल काम थाल्न निर्देशन दिएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खुलारूपमा बिक्री गरिने दूध र पानीको गुणस्तर नहुने भन्दै उनले कृषि तथा पशुपंक्षी विभागका अधिकारीलाई नियमित अनुगमन गर्न निर्देशन दिएको जानकारी दिइन् । बजारबाट सङ्कलन गरिएका नमूना परीक्षणका लागि कामपाले आफ्नै प्रयोगशाला सञ्चालनको तयारी गरिरहेकाले प्रभावकारी नमूनाको परीक्षणका लागि निर्देशन दिइएको उनको भनाई छ । 

Ncell
Extreme Energy

‘हाम्रो चाहना भनेको स्वच्छ खानेकुराको उत्पादन, ढुवानी, सञ्चय तथा बिक्री गर्नु हो । यसमा किसानदेखि व्यापारीहरू सबैको लाभ हुने व्यवस्था मिलाउनुपर्छ’, ‘बजारलाई अस्वच्छ बनाउने र उपभोक्ताको स्वास्थ्य, मूल्य र गुणस्तरमा कहीँकतैबाट लापर्बाही गर्न पाइँदैन ।’ उनी भन्छिन् । 

कामपा कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झाले काठमाडौंमा बेचिने दूधको ७० प्रतिशत भार खुला बेचिने दूधले धानेकाले त्यसतर्फ निगरानी बढाउनुपर्नेमा जोड दिए । ‘खाद्य ऐन, २०२३ ले खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, सञ्चय वा प्रशोधन गर्न चाहने व्यक्तिले तोकिएबमोजिम अनुज्ञापत्र लिनुपर्छ ।’ खुलारूपमा बेचिने खाद्य वस्तु दूषित न्यूनस्तरको हुनसक्ने कामपाको ठहर छ ।

गत आइतबार कामपाले अखाद्य पेय पदार्थ बिक्री वितरण गरेको भन्दै पुतलीसडकमा रहेको कालिञ्चोक ट्रेडिङलाई रू एक लाख ५० हजार जरिवाना तिराएको थियो । महानगरले गत साउन २८ गते निर्णय गरेर पानीपुरी, चटपटेजलगायत खुलारूपमा बेचिने खानेकुरा बेच्न प्रतिबन्ध लगाएको थियो । 

माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थ, मासु पसल, दूध डेरी, तरकारी तथा फलफूलबाट चाँडो सङ्क्रमण फैलने भन्दै निगरानी बढाएको महानगरले जनाएको छ । कामपाले चालु आर्थिक वर्षमा अनुगमनलगायत स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमका लागि रू ९२ करोड ६६ लाख विनियोजन गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।