नेभिगेशन
समाज

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ५४ अङ्कले ओरालो लागेर दुई हजार ६३२ दशमलव ९६ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८४ अङ्कले ओरालो लागेर ४५५ दशमलव ८३ मा सीमित भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कूल ३५१ कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता शेयर रु दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ मा कारोबार भएको छ । आजको कारोबारपछि बजार पूँजीकरण रु ४५ खर्ब नौ अर्ब ५७ करोड ११ लाख ९५ हजार ९२४ बराबर रहेको छ ।

Ncell
Extreme Energy

कारोबारका आधारमा ग्लोबल आइएमई बैङ्क शीर्ष स्थानमा छ । यस्तै सोपान फर्मासिटिकल्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स र आँखु खोला जलविद्युत् कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, स्नो रिभर लिमिटेड, धौवागिरी लघुवित्त र नेपाल एसबिआई बैङ्कको ऋणपत्रका लगानीकर्ताले कमाएका छन् ।

यस्तै स्वाभिमान लघुवित्त, सोपान फर्मासिटिकल्स, एशियन हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान...
केही अवाराहरू पार्टी अफिसको क्यान्टिनमा चियासमोसा खाँदै मलाई हटाउन लागेका छन् : ओली

केही अवाराहरू पार्टी अफिसको क्यान्टिनमा चियासमोसा खाँदै मलाई हटाउन लागेका छन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनर्गठन पक्षधरप्रति फेरि आक्रामक बनेका छन् ।