नेभिगेशन
समाज

पछिल्लो १२ वर्षमा सबैभन्दा अनुशासित बजेटः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित बजेट ल्याएको बताएका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले अहिलेको बजेटको आकार प्रक्षेपित अर्थतन्त्रको आकारको अनुपातमा २८ दशमलव ५ प्रतिशत मात्रै भएको बताएका हुन् । यो बजेट पछिल्लो १२ वर्षमा सबैभन्दा सानो बजेट भएको उनको दाबी थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनका विषयमा कुनै आशंका नगर्न आग्रहसमेत गरे । मन्त्री वाग्लेले बजेटका लागि विभिन्न मन्त्रालयमा फाइल घुमाउनुपर्ने अवस्थाको अन्त्य गर्दै रकमान्तरदेखि धेरै कुराहरूमा अर्थ मन्त्रालयको तजबिजी अधिकार सम्बन्धित मन्त्रालयलाई नै दिइएको स्पष्ट पारे ।

Ncell
Extreme Energy

मन्त्री वाग्लेले आमनागरिकको हितका लागि शिक्षा, स्वास्थ्य र विद्युतमा केही मात्रामा कर लगाइएको स्पष्ट पारे ।

बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक असार १७ गते बस्ने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।