नेभिगेशन
समाज

रास्वपाले सच्यायो ९९ केन्द्रीय सदस्यको सूची: सांसद नै हटाइए, पुजा बास्तोला निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको सूची सच्याएको छ ।

बढी मत ल्याए पनि कलस्टर मिलाउने क्रममा निर्वाचित नभएको गुनासो उम्मेदवारहरुबाट आएपछि पार्टीको निर्वाचन आयोगले मंगलबार सूची सच्याएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

९९ केन्द्रीय सदस्यका ३७९ उम्मेदवार थिए । रास्वपा विधानअनुसार ३२ खुला, ३२ समावेशी र ३५ भुगोलबाट निर्वाचित हुनुपर्छ । समावेशी सन्तुलन मिलाउँदा छुटेका उम्मेदवारलाई समावेशी गरी सूची सच्याइएको हो ।

Ncell
Extreme Energy

सूची सच्याउँदा बागलुङ २ बाट निर्वाचित सांसद सोम शर्मा नै छुटेका छन् । उनको ठाउँमा बढी मत ल्याउँदा पनि निर्वाचित नगरिएको भन्दै असन्तुष्टि जनाइ सर्वोच्च अदालत जाने तयारीमा रहेकी पुजा बास्तोलालाई निर्वाचित गरिएको छ । 

शर्मा र बास्तोला गण्डकी प्रदेश भुगोलबाट थिए । सुरुमा गण्डकी भुगोलको ५ निर्वाचित सदस्यमा चौथो नम्बरमा शर्मा र पाँचौ नम्बरमा विष्णुकुमारी गुरुङ (एकता) थिए । शर्माको ९७४ र गुरुङको ७८७ मत थियो । 

अहिले सूची सच्याएर सांसद शर्मालाई हटाइएको छ भने उनको ठाउँमा ८९३ मत पाएकी पुजा बास्तोलालाई निर्वाचित गरिएको छ । महिला सहभागिता बढाउन गुरुङलाई यथावत् राखी सांसद शर्मालाई हटाएर उनको ठाउँमा बस्तोलालाई निर्वाचित गरिएको आयोगका एक सदस्यले बताए । 

यसैगरी आदिवासी पुरुषतर्फ पुछारमा परेका कृष्णमान श्रेष्ठ ७८५ लाई हटाएर उनीभन्दा बढी मत ल्याएका ध्रुव थापामगर ७९० लाई निर्वाचित गरिएको छ । उनीहरु खुलातर्फको समावेशी समूहमा प्रतिस्पर्धा गरेका थिए ।

सुरुमा ध्रुव थापामात्रै लेखिँदा जनजाति प्रतिनिधित्व गराउन उनलाई निर्वाचित गरिएको थिएन । तर डकुमेन्टमा थापामगर भेटिएपछि उनी जनजाति कोटाबाट बढी मत ल्याएका कारण निर्वाचित गरिएको निर्वाचन आयोगले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।