नेभिगेशन
समाज

बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काठमाडौँ । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ ।

केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रुपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बनेपा नगरपालिका वडा नं ६ र १३, पनौती नपाको वडा नं ७, ८ र ९ का केही पोल्ट्री फार्ममा बर्डफ्लु सङ्क्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डा बज्रकिशोर ठाकुरले जानकारी दिए ।

Ncell
Extreme Energy

उनका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए। विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा सङ्क्रमणदर बढ्दै गएको बताइन्छ ।

ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नै परे सुरक्षाका उपाय अपनाउन, खोर तथा उपकरण नियमित रुपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा पूर्ण सरसफाइका मापदण्ड पालना गर्न आग्रह गरे ।

जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रुपमा ओसारपसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडाइ गरिएको जनाइएको छ । यसअघि गत चैतमा काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन उच्च सतर्कता अपनाइने निर्णय गरिएको थियो ।

देशका केही स्थानमा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखिएपछि यी दुई जिल्लामा पनि जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कडा पार्न लागिएको जनाइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडिएपछि काम स्थगित

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडिएपछि काम स्थगित

पुलको पिल्लरमा क्रुज अड्किएपछि जोखिम हुने भन्दै क्रुजलाई निकाल्ने कोसिस गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए । आज दिनभरि क्रेनको सहायताले क्रुज निकाल्ने कोसिस...
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

वैज्ञानिकहरूको अध्ययनले पछिल्ला वर्षमा हिमालयमा भइरहेको तापक्रम वृद्धि र त्यससँग जोडिएका भौतिक परिवर्तनलाई भोटेकोशी भेलबाढीको महत्त्वपूर्ण पृष्ठभूमिका रूपमा औंल्याएका छन्।
हिमपहिरो झरेको ३४ दिन बित्दा पनि सरकारले लाङटाङ लिरुङ क्षेत्रमा पठाउन सकेन विज्ञटोली

हिमपहिरो झरेको ३४ दिन बित्दा पनि सरकारले लाङटाङ लिरुङ क्षेत्रमा पठाउन सकेन विज्ञटोली

लाङटाङ लिरूङ क्षेत्रबाट खसेको विशाल हिमपहिरोले तटीय क्षेत्रमा महाविनाश गरेको सोमबार ३४ दिन बित्यो। एक महिना चार दिन बित्न लाग्दा पनि सरकारले हिमपहिरो गएको स्थानमा विज्ञ टोली पठाउन...

भर्खरै