नेभिगेशन
समाज

मधेसका मुख्यमन्त्रीले कात्तिक २८ मा विश्वासको मत लिने

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक कात्तिक २८ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको सभामुख रामअशिष यादवले जानकारी दिए।

Marvel
Extreme Energy

बैठक सञ्चालन र कार्यसूची तय गर्न कात्तिक २७ गते दिउँसो प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ।

सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। विश्वासको मतका लागि मुख्यमन्त्री यादवले प्रदेशसभा सचिवालयलाई बुधबार नै पत्राचार गरेका थिए।

मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद भइरहेको र मतदान हुनुअघिसम्म पनि संवाद जारी रहने बताएका छन्।

नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका चार मन्त्रीले असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए। त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव सरकारको बहुमत जोगाउने प्रयासमा छन्।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी हडताल, प्रदर्शनकारी र प्रहरीबीच झडप

आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी हडताल, प्रदर्शनकारी र प्रहरीबीच झडप

आवासको चर्को मूल्य, बढ्दो घरभाडा र जीवनयापनको लागतविरुद्ध स्पेनमा भएको देशव्यापी २४ घण्टे आमहडतालका क्रममा हजारौँ मानिस सडकमा उत्रिएका छन्।
एनपिएल हेर्न आएका इर्फान पठान त्रिवि क्रिकेट मैदानमा (तस्बिरहरू)

एनपिएल हेर्न आएका इर्फान पठान त्रिवि क्रिकेट मैदानमा (तस्बिरहरू)

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण हेर्न नेपाल आएका भारतीय पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इर्फान पठान त्रिवि क्रिकेट मैदान पुगेका छन्।
डिजिटल सुशासनमा नेपाल–इस्टोनिया सहकार्य विस्तारबारे छलफल

डिजिटल सुशासनमा नेपाल–इस्टोनिया सहकार्य विस्तारबारे छलफल

नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरण, विद्युतीय शासन प्रणाली र साइबर सुरक्षालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
काठमाडौँ र तनहुँबाट ४४ जना पक्राउ

काठमाडौँ र तनहुँबाट ४४ जना पक्राउ

प्रहरीले काठमाडौँ र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई पक्राउ गरेको छ।