नेभिगेशन
समाज

लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने छः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताए।

संसद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सभामुख अर्यालले आगामी दिनमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गरि समृद्ध राष्ट्र बनाएर देश बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले अघिल्लो पुस्ताको अनुभव र पछिल्लो पुस्ताको ज्ञानलाई सँगसँगै लिएर देशलाई समृद्ध बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

Ncell
Extreme Energy

सभामुख अर्यालले फास्ट ट्रयाकमा देश बनाउने र जनताको जनजीविकाको विषयमा काम गनुपर्छ भन्ने युवाहरुको हुटुहुटीलाई सँगै लिएर जानको लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति एकै हुनुपर्नेमा जोड दिए।

संविधानलाई अक्षरशः पालना गरेर कानुनी राज्यलाई अप्ठेरो नपर्ने गरि अघि बढ्नुपर्ने उनको भनाइ छ । नेपालमा २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा संसद दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
३६ वर्षपछि जुनेलीका २६ परिवारको हातमा लालपुर्जा

३६ वर्षपछि जुनेलीका २६ परिवारको हातमा लालपुर्जा

झापाको बुद्धशान्ति गाउँपालिका–४ जुनेलीका २६ अव्यवस्थित बसोबासीले ३६ वर्षपछि आफूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व पाएका छन्।
प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा चारवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तथा एउटा विधेयक पारित गर्ने प्रस्तावमाथि प्रक्रिया अघि बढाइनेछ।
बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

बैंकिङ कसुर मुद्दामा रु २२ लाख बराबरको बिगो रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।