नेभिगेशन
समाज

देशभरका सिडिओलाई सुधन गुरुङको विशेष निर्देशन : नागरिक स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्नू

काठमाडौँ । सरकारले नागरिक स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्न मातहत निकायका पदाधिकारीलाई निर्देशन दिएको छ । 

गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई होटेल तथा रेस्टुरेन्टमा खाद्य गुणस्तर, सरसफाइ, बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाफदेहितासम्बन्धी काम प्रभावकारी बनाउन विशेष निर्देशन जारी गरेको हाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री सुधन गुरुङको अगुवाईमा जारी परिपत्रमा देशभर सञ्चालनमा रहेका केही होटेल तथा रेस्टुरेन्टमा खाद्य गुणस्तर तथा सरसफाइ कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासा प्राप्त भएको उल्लेख गरिएको छ। नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको सुनिश्चितता राज्यको प्राथमिक दायित्व भएकाले सम्बन्धित निकायसँग समन्वय गरी गुनासो तत्काल सम्बोधन गर्न तथा विधिको शासन र सार्वजनिक हित सुनिश्चित गर्न उच्च प्राथमिकताका साथ काम गर्न निर्देशन दिइएको छ।

Ncell
Extreme Energy

परिपत्रअनुसार प्रमुख जिल्ला अधिकारीलाई होटेल तथा रेस्टुरेन्टमा उपलब्ध गराइने खाद्यान्नको गुणस्तर र खाद्य स्वच्छतासम्बन्धी नियमित, सघन तथा आकस्मिक अनुगमन गर्न भनिएको छ। अनुगमनलाई प्रक्रियामै सीमित नराखी परिणाममुखी बनाउन तथा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने वा प्रचलित कानुन उल्लंघन गर्ने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कडा कारबाही गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

त्यसैगरी, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकले सहज रूपमा गुनासा दर्ता गर्न सक्ने हटलाइन वा द्रुत सेवा डेस्कसहितको गुनासो सुनुवाइ संयन्त्र तत्काल स्थापना गर्न भनिएको छ। नागरिकबाट प्राप्त हुने प्रत्येक गुनासोलाई उच्च प्राथमिकतामा राखी शीघ्र समाधान गर्न मन्त्रालयले जोड दिएको छ।

मन्त्रालयले स्थानीय तहका गुनासा तथा समस्यालाई जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीयस्तरमै समाधान गर्नुपर्ने उल्लेख गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

विशेषगरी कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि विभिनन जिल्लाका तटीय क्षेत्रमा सेनाको फौज परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ ।
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगन थापाले लगातारको वर्षाका कारण प्रभावित जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न आग्रह गरेका छन्।